7 years ago
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा शुक्रबार टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय २९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेटका क्षतिमा २ सय २८ रन बनायो । उसका लागि सिद्धान्त लोहनीले सर्वाधिक ६३ रनको योगदान दिए । ४२ ओभरको दोस्रो बलमा रिटायर्ट हर्ट भएर पेभिलिएन फर्किनु अघि लोहनीले ९० बलमा ७ चौका प्रहार गरे । उनी खुट्टामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए ।
तल्लोक्रममा फिर्दोस अन्सारीले ३७ बलमा समान २ छक्का र चौका सहित ४५ रनमा अविजित रहँदै प्रदेश १ लाई बलियो योगफल सम्म पुर्याए । फिर्दोसले अन्तिम ओभरमा प्रकाश जैशीलाई २ चौका र १ छक्का सहित २० रन बटुलेका थिए । त्यस्तै ओपनर सन्नी पुनले ३४ रन बटुले । २४ ओभरको पहिलो बलमा ललित प्याकुरेलले बोल्ड आउट गर्नु अघि उनले ६३ बलमा ४ चौका प्रहार गरे ।
ओपनर राजन मगरले १६,मिनाष थापा १३,मुकुन्द यादव ३,श्रवन यादव २ रनमा आउट भए ।कप्तान पुष्प थापाले ४२ बलमा ५ चौका सहित २९ र दिपेश कडेलले ७ रनको योगदान दिए । कर्णालीका लागि प्रकाश जैशी,ललित प्याकुरेल र दिवान पुनले समान २ विकेट हात पारे । त्यस्तै महेश खत्री र सुदन पोखरेलको नाममा समान १ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]