7 years ago
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमारविष्टका अनुसार राखेपको अनुरोधमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । पटवाल पछिल्लोपटक नेपालले यूएईविरुद्ध ओडीआई र टि-२० सिरिज जित्दा कन्सल्टेन्टका रुपमा कार्यरत थिए । पटवाल यसअघि सन् २०१४ को टि-२० विश्वकपमा अफगानिस्तानको राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षक समेत रहेका थिए ।
पटवालले यसै महिना मात्र मुम्बई टि-२० लिगमा नर्थर्न मुम्बई प्यान्थर्सको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए । पृथ्वी शअको कप्तानीमा रहेको टोलीले उपाधि नै जितेको थियो । पटवालको अनुबन्धन कति समयको रहने र त्यसको आर्थिक पाटोबारे भने आज साँझ जानकारी दिइने राखेप स्रोतले जानकारी दियो । यसअघि राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जगत टमाटा रहेका थिए ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]