default_image

7 years ago

May 31, 2019

दिपेन्द्र ब्रान्ड एम्बेसेडर नियुक्त

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरि क्रिकेट वेबसाइट क्रिकेटिङनेपाल डटकमको ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच दिपेन्द्रलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरिएको हो । दिपेन्द्र क्रिकेटिङनेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन् । यस क्रममा दिपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् । उनले क्रिकेटिङनेपालको स्टिकर आगामी डिसेम्बरसम्मका लागि प्रयोग गर्नेछन् । दिपेन्द्रले क्रिकेटिङगनेपालको ब्राण्ड एम्बेसेडर बन्न पाउदा आफूलाई खुशी लागेको बताए ।

सन् २०१७ मा किर्तिपुरमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिप अन्तर्गत केन्याविरुद्ध खेलबाट डेब्यु गरेयता दिपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन् । सन् २०१३ मा काठमाडौंमा भएको एसिसि ट्वान्टी ट्वान्टी कपसँगै शुरुवात गरिएको क्रिकेटिङ्गनेपाल हाल आफ्नो सातौं बर्षमा चलिरहेको छ । पहिलो केही वर्ष अंग्रेजी भाषामा नेपाली क्रिकेटको बारे सम्पूर्ण जानकारी दिदै आएको क्रिकेटिङनेपालले हाल नेपाली भाषामा पनि छुट्टै वेबसाइट निकालिसकेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.