7 years ago
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपीएफलाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ ।

निर्धारित समय भन्दा केहि ढिला सुरु भएको खेलमा ४३ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ थालेको गण्डकी ४१.२ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रनको योगदान दिए । ३९ ओभरको तेस्रो बलमा भुवन कार्कीले बोल्ड आउट गर्नु अघि उनले ३५ बलमा २ चौका प्रहार गरे ।
ओपनर अनिल गुरुङ ११,राहुल शर्मा १४,आकाश थापा १९,विपिन खत्री १७ र किशोर महतोले १५ रन बटुले । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । एपीएफका भुवन कार्कीले ९ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै शरद भेषवाकर,अमरसिंह राउटेला र योज्ञमान कुमालले समान २ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]