default_image

7 years ago

May 31, 2019

शरद चम्कँदा एपीएफ सेमिफाइनलमा

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेसँगै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । १ सय २६ रनको लक्ष्य एपीएफले २३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । एपीएफका लागि ओपनर शरद भेषवाकरले ५४ बलमा ४ चौका सहित ३५ रनमा अविजित रहँदै जित पक्का गरे । भेषवाकरले २३ ओभरको अन्तिम बलमा किशोर महतोलाई चौका हान्द्र खेल फिनिसिङ गरेका थिए । त्यस्तै कप्तान पृथु वास्कोटा ४ रनमा अविजित रहे ।

आशिफ शेख २०, प्रदीप ऐरी ३३, शंकर राना ३ रनमा आउट भए । १३ ओभरको अन्तिम बलमा दिपेश श्रेष्ठले विकेटकीपर आकाश थापाबाट क्याच गराउनु अघि ऐरीले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे । गण्डकी प्रदेशका लागि दिपेश श्रेष्ठले ३ र किशोर महतोले १ विकेट लिए ।

त्यसअघि निर्धारित समय भन्दा केहि ढिला सुरु भएको खेलमा ४३ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ थालेको गण्डकी ४१.२ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रनको योगदान दिए । ३९ ओभरको तेस्रो बलमा भुवन कार्कीले बोल्ड आउट गर्नु अघि उनले ३५ बलमा २ चौका प्रहार गरे ।

ओपनर अनिल गुरुङ ११,राहुल शर्मा १४,आकाश थापा १९,विपिन खत्री १७ र किशोर महतोले १५ रन बटुले । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । एपीएफका भुवन कार्कीले ९ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै शरद भेषवाकर,अमरसिंह राउटेला र योज्ञमान कुमालले समान २ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।

एपीएफले अन्तिम खेल प्रदेश ५ सँग मुलपानी क्रिकेट मैदानमा आईतबार भिड्ने छ । अन्तिम खेलमा पराजित भएपनि एपीएफ समुह ए बाट शीर्ष दुईमा रहँदै सेमिफाईनल प्रवेश गर्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.