default_image

7 years ago

May 31, 2019

पाकिस्तान १ सय ५ रनमा अल आउट !

129 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा समेटियो । वेस्ट इन्डिजको घातक बलिङ सामु पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानले पहिलो विकेटका रुपमा तेस्रो ओभरको अन्तिम बलमा ओपनर इमाम उल हकलाई २ रनमा गुमाएको थियो ।

छैटौं ओभरको पाँचौ बलमा फकार जमान ठूलो शट खेल्ने धुन कट विहाइन्ड बोल्ड आउट हुन पुगे । जमानले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन बटुले ।

१० औं ओभरको चौथो बलमा आन्द्रे रसेलले ह्यारिस सोहेललाई ८ रनमा क्याच आउट गराए । ओशन थोमसको १४ ओभरको पहिलो बलमा होपले उत्कृष्ट क्याच लिदै बाबर आजमलाई २२ रनमा आउट गरेपछि पाकिस्तान संकटमा परेको हो ।

बाबरले ३३ बलमा २ चौका प्रहार गरे । पाकिस्तानको निरन्तर विकेट पतन जारी रह्यो । जेसन होल्डरले १७ ओभरको पहिलो बलमा कप्तान शरफराज अहमिदलाई ८ रनमा क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा इमाद वासिम क्रिस गेलबाट १ रनमा क्याच आउट भए । सादव खान डक आउट भएका छन् ।

हसन अली १ रनमा क्याच आउट भए । मोहम्मद हफिजले १६ रन बटुले । एक समय ८३-९ को अवस्थामा पुगेको पास्तिानलाई वहाब रियाजले ११ बलमा २ छक्का र १ चौका सहित १८ रन बटुल्दै एक सय रनको आकँडा पार गराएका थिए ।मोहम्मद आमिर ३ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका लागि ओशन थोमसले ५.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । कप्तान जोसन होल्डरले ३,आन्द्रे रसेलले २ र शिल्डन कटरेलको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.