7 years ago
May 31, 2019
एजेन्सी – वेस्ट इन्डिजले एक दिवसिय विश्वकप क्रिकेटमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

१ सय ६ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि ओपनर क्रिस गेलले ३४ बलमा ६ चौका र ३ छक्का सहित ५० रनमा आउट भए ।
गेललाई ११ औं ओभरको पाँचौ बलमा मोहम्मद आमिरले सादब खानबाट क्याच गराउदै पेभिलिएन फर्काए । निकोलस पुरन १९ बलमा ४ चौका र २ छक्का सहित ३४ रनमा अविजित रहँदै सहज जित पक्का गरे । शिमरोन हिटमायर ७ रनमा अविजित रहे ।
पाँचौ ओभरको तेस्रो बलमा मोहम्मद आमिरले शाई होपलाई मोहम्मद हफिजबाट ११ रनमा क्याच आउट गराउँदै पहिलो सफलत दिलाए । आमिरले साँतौ ओभरको दोस्रो बलमा ड्रेन ब्राभोलाई बाबर आजमबाट डक आउट गराए ।

पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा समेटियो ।
वेस्ट इन्डिजको घातक बलिङ सामु पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानले पहिलो विकेटका रुपमा तेस्रो ओभरको अन्तिम बलमा ओपनर इमाम उल हकलाई २ रनमा गुमाएको थियो ।
छैटौं ओभरको पाँचौ बलमा फकार जमान ठूलो शट खेल्ने धुन कट विहाइन्ड बोल्ड आउट हुन पुगे । जमानले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन बटुले । १० औं ओभरको चौथो बलमा आन्द्रे रसेलले ह्यारिस सोहेललाई ८ रनमा क्याच आउट गराए ।
ओशन थोमसको १४ ओभरको पहिलो बलमा होपले उत्कृष्ट क्याच लिदै बाबर आजमलाई २२ रनमा आउट गरेपछि पाकिस्तान संकटमा परेको हो । बाबरले ३३ बलमा २ चौका प्रहार गरे । पाकिस्तानको निरन्तर विकेट पतन जारी रह्यो ।
जेसन होल्डरले १७ ओभरको पहिलो बलमा कप्तान शरफराज अहमिदलाई ८ रनमा क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा इमाद वासिम क्रिस गेलबाट १ रनमा क्याच आउट भए । सादव खान डक आउट भएका छन् ।
हसन अली १ रनमा क्याच आउट भए । मोहम्मद हफिजले १६ रन बटुले । एक समय ८३(९ को अवस्थामा पुगेको पास्तिानलाई वहाब रियाजले ११ बलमा २ छक्का र १ चौका सहित १८ रन बटुल्दै एक सय रनको आकँडा पार गराएका थिए ।
मोहम्मद आमिर ३ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि ओशन थोमसले ५।४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । कप्तान जोसन होल्डरले ३,आन्द्रे रसेलले २ र शिल्डन कटरेलको नाममा १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]