default_image

7 years ago

June 1, 2019

श्रीलंका र न्युजिल्यान्ड सुखद सुरुवात खोज्दै

153 views

0 Bookmark

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार पहिलो खेलमा न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुने छ ।

साविक उप विजेता न्युजिल्यान्ड कागजमा हेर्दा श्रीलंका भन्दा बलियो टोली हो । पछिल्लो दुई वर्षदेखि खराब प्रर्दशन गरिरहेको श्रीलंका त्यो सबै प्रर्दशन बिर्संदै विश्वकपमा उत्कृष्ट पुनरागमन गर्न चाहन्छ । श्रीलंकाले सन् १९९६ मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै विश्वकप जितेको थियो । सन् २००७ र २०११ मा श्रीलंका उपविजेतामा चित्त बुझायो ।

सन् २०१५ मा पहिलो पटक फाईनलमा पुगेको न्युजिल्यान्ड अष्ट्रेलियासँग ७ विकेट पराजित हुँदै उप विजेतामा सिमित रह्योे । न्युजिल्यान्ड पहिलो र श्रीलंका दोस्रो पटक विश्वकप जित्ने सोचमा छन् । वान डे विश्वकपमा यी दुईबीच १० खेल भएको छ । जसमा श्रीलंका ६ पटक विजयी हुँदा ४ पटक पराजित भएको छ ।

ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरोले विष्फोटक ब्याटिङ गर्दै न्युजिल्यान्डलाई विशाल योगफल सम्म पुर्याउन सक्छन् । भरपर्दा तथा उत्कृष्ट लयमा रहेका कप्तान केन विलियम्सन, रोस टेलर, हेनरी निकोल्सले मध्यक्रमका बलिया हतियार हुन् । तीव्र गतिका बलर टेन्ट्र बोल्ट, टिम साउदी, ल्योकी फ्ग्युर्सन र म्याट हेनरीले इंग्ल्यान्डको मैदानमा राम्रो प्रभाव जमाउन सक्छन् । स्पिनरको रुपमा इश सोधी र मिचेल सान्टनर छन् । अलराउण्डर कोलिन डी ग्रान्डहोमले पनि खेल परिवर्तन गर्न सक्छन् ।

श्रीलंका अलराउण्डर थिसेरा परेरा, इसुरु उडाना, कुशल मेन्डिस प्रमुख हतियार हुन् । कप्तान दिमुथ कुरारत्ने, एन्जिलो मेन्थिज, धनन्जय डी शिल्भा, जीवन मेन्डिस, लाथिस मलिङ्गा र नुवान प्रदीपको प्रर्दशन श्रीलंकाको लागि विश्वकपमा निकै महत्वपूर्ण हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.