7 years ago
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । पुलिस ४९ औं ओभरमा अलआउट हुनुअघि १ सय ६१ रन मात्र जोड्न सक्यो ।

पहिलो ब्याटिङको निम्तो पाएको पुलिसले प्रतियोगितामा खराब सुरुवातको सिलसिलालाई निरन्तरता दिँदै २४ रनको स्थितिमा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो । सुनिल धमला ५, अमित श्रेष्ठ ४ र अनिलकुमार शाह १३ रनमा आउट भए । दिलिप नाथ र दीपेन्द्रसिंह ऐरीले ३७ रनको साझेदारी गरे । दिलिप १४ रनमा हुँदा साहब आलमको बलमा लामो सट प्रहार गर्ने धुनमा स्टम्पिङ आउट भए । लगत्तै दीपेन्द्र पनि २९ रन जोड्दै साहबको बलमा बोल्ड भए ।

पवन सर्राफ ७ र कुशल भुर्तेल ५ रनमा आउट हुँदा पुलिस ९४-७ को स्थितिमा पुगेको थियो । कप्तान मन्जित श्रेष्ठ र आरिफ शेखले आठौं विकेटका लागि ६० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम पुर्याए । आरिफले ५४ बलमा २ चौकासहित ३४ रन जोड्दै क्याच आउट भए । मन्जित श्रेष्ठ ६२ बलमा ३ चौका र १ छक्कासहित ३६ रनमा नटआउट रहे ।

आर्मीका लागि साहबले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए । कारण केसीले २ विकेट लिँदा जितेन्द्र मुखिया, सुशन भारि र कुशल मल्लले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]