7 years ago
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका युवा अलराउन्डर राशिद खानको आक्रमण ब्याटिङ र सुरज पटेलको उत्कृष्ट अर्धशतकमा प्रदेश २ ले प्रदेश १ विरुद्ध बलियो योगफल प्रस्तुत गरेको छ । प्रदेश २ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल तयार पारेको छ ।

ओपनर हसीम अन्सारीले २० र हरिशंकर साहले ३१ रन जोड्दै प्रदेश २ लाइ बलियो सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङमा आएका रवी शाह र विशाल सुस्लिङले पनि २०-२० रनको योगदान दिए । ३२ औं ओभरमा १३१-४ को स्थितिमा रहेका प्रदेश २ लाई सुरज पटेलले उकासेका थिए । कप्तान महबुब आलम १९ र विवेक यादव ४ रनमा आउट भएपछि राशिद क्रिजमा आएका थिए ।
राशिद र सुरजले सातौं विकेटका लागि ९ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । राशिदले ३१ बलमा ४७ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरे । सुरजले नटआउट ७८ रन जोडे । उनले ७० बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरे ।
प्रदेश १ का लागि पुष्प थापाले ३, सरोज बस्नेतले २ तथा कमल खत्री, फिर्दोस अन्सारी र मुकुन्द यादवले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]