default_image

7 years ago

June 1, 2019

अष्ट्रेलियालाई अफगानिस्तानको मध्यम चुनौती

131 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा उपाधीको प्रमुख दाबेदार अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ ।

ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का सहित आक्रमक २७ रन जोडेपछि अफगानिस्तानले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो ।

त्यस्तै नजीवुल्लाह जादरानले ४९ बलमा २ छक्का र ७ चौका सहित ५१ रनको महत्वपूर्ण योगदान दिए । नजीवुल्लाहलाई मार्कस स्टोइनिसले ३४ ओभरको पाँचौ बलमा विकेट कीपर एलेक्स केरिबाट क्याच आउट गराए । मुजिब उर रहमानले १३ रन जोडे ।

पहिलो ओभरको तेस्रो बलमै मिचेल स्टार्कले ओपनर मोहम्मद शहजादलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको दोस्रो बलमा प्याट कमिन्सले अर्का ओपनर हज्रतुल्लाह जजाईलाई विकेटकीपर एलेक्स केरीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए । १४ ओभरको पाँचौ बलमा एलेक्स केरीले हशमतुल्लाह शाहिदीलाई १८ रनमा स्टमपिङ आउट गरे । रामत शाहलाई एडम्म जम्पाले २० औं ओभरको दोस्रो बलमा स्टिभ स्मिथबाट ४३ रनमा क्याच गराउट गराएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

शाहले ६० बलमा ६ चौका प्रहार गरे । एक ओभरपछि मोहम्मद नाबी ७ रनमा रन आउट भएपछि अफगानिस्तान ७७-५ को कमजोर अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि कप्तान गुलवदीन नाइब र नजीवुल्लाह जादरानले ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । यी दुईबीचको साझेदारी मार्कस स्टोनिसले ३४ ओभरको पहिलो बलमा कप्तान नाइबलाई केरीबाट क्याच गराउँदै तोडेका थिए । नाइबले ३३ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडे ।

अष्ट्रेलियाका लागि एडम जम्पा र प्याटकमिन्सले समान ३ विकेट लिए । मार्कस स्टोइनिस २ र मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.