default_image

7 years ago

June 2, 2019

पहिलो जितको खोजिमा अफ्रिका र बंगलादेश

191 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेटमा आज बंगलादेश र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि लन्डनमा सुरु हुनेछ ।

बंगलादेश पहिलो खेलमै विजयी सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ रनले पराजित भएको अफ्रिका पनि पहिलो जितको खोजिमा छ । यी दुवै टोली पहिलो पटक विश्वकप फाइनल पुग्ने दाउमा छन् । दुवै टोलीले विश्वकपमा सेमिफाईनल भन्दा माथिको यात्रा तय गर्न सकेका छैनन् । यी दुईबीच २० वान डे खेल हुँदा दक्षिण अफ्रिका १७ खेलमा विजयी भएको छ । ३ खेलमा पराजित भएको छ ।

बंगलादेशलाई चोटको चिन्ता छ । उसका ओपनर तामिम इकवाल, अलराउन्डर सकिब अल हसन, मुस्ताफिजुर रहमान, कप्तान मशरेफ मुर्तजा र महामदुल्लाह अभ्यासको क्रममा घाईते भएका छन् । आजको खेलमा सबै खेलाडी फिट नभएको खण्डमा बंगलादेशलाई ठूलो धक्का लाग्ने छ ।

बंगलादेश ब्याटिङमा इकवालसँगै, लिटन दास, सौम्य सरकार, मोहम्मद मिथुन, मुश्फिकुर रहिम, महामदुल्लाह र सकिबमा बढि निर्भर छ । मेहेदी हसन, मुस्ताफिजुर रहमान र कप्तान मुर्तजा उसका प्रमुख बलिङ हतियार हुन् ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले बलिङ उत्कृष्ट गरेपनि ब्याटिङ कमजोर देखिएको थियो । ओपनर क्विन्टन डी कक र रस्सी भान डर डुसेन बाहेक अन्य खेलाडीको प्रर्दशन खराव थियो । दक्षिण अफ्रिकाले ब्याटिङ सुधार गर्नु पर्ने देखिन्छ ।

विश्वकप खेल्ने अफ्रिका पूर्ण टोली :
फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन, रस्सि भान डर दुसेन ।

बंगलादेशको विश्वकप खेल्ने पूर्ण टोली :
मशरफे मुर्तजा (कप्तान), तमीम इकबाल, सौम्य सरकार, शब्बीर रहमान, रुबेल हुसैन, मुस्तफिजुर रहमान, अबु जायेद, महामदुल्लाह, मोहम्मद सैफुद्दीन, मोसद्दक हुसैन, शाकिब अल हसन, मेहेदी हसन, लिटन दास, मुश्फीकुर रहीम मोहम्मद मिथुन।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.