7 years ago
June 2, 2019
काठमाडौ (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार मुलपानी क्रिकेट मैदानमा विभागिय टोली एपीएफले प्रदेश ५ लाई १ सय ८५ रनको मध्यम लक्ष्य दिएको छ ।

मुलपानीमा टस जितर पहिला ब्याटिङ थालेको एपीएफ ४९.४ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । उसका लागि राष्ट्रिय टोलीका विकेटकीपर समेत रहेका प्रदीप ऐरी ७७ रनमा अविजित रहे । धैर्यताका साथ ब्याटिङ गरेका उनले १ सय ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
प्रदीप बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदपिलाई कुनै पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । प्रदीपले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट निरन्तर विकेट गुम्न पुग्दा विभागिय टोली एपीएफ प्रदेशटिम माथी सामान्य योगफलमा समेटिनु परेको हो ।
सातौं ओभरको अन्तिम बलमा आशिफ शेख ११ रनमा क्याच आउट भए । १५ ओभरको दोस्रो बलमा सन्दीप सुनारले कृष्ण कार्कीबाट क्याच गराउनु अघि ओपनर शरद भेषवाकरले ४७ बलमा १४ रन जोडे । शंकर राना ६,सुमित महर्जन शुन्य,पृथु वास्कोटा ९ र भुवन कार्की १३ रनमा आउट भए । तल्लोक्रममा सन्दीप जोराले २२ बलमा २ चौका सहित २२,अमरसिंह राउटेला १,कमलसिंह ऐरी र अभिनाष बोहोरा समान ३ रनमा आउट भए ।
प्रदेश ५ का लागि कप्तान कृष्ण कार्कीले ८.४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप सुनारले २,बिक्रम भुषाल,सिद्धान्त शाही र अनिल खरेलको नाममा समान १ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]