default_image

7 years ago

June 2, 2019

प्रदेश ५ ले साविक विजेता एपीएफलाई हरायो

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ ले काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली सशस्त्र प्रहरी क्लव एपीएफलाई डक अर्थ लेविसका आधारमा ३ विकेटले हराएको छ ।

जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा ६.३ ओभरमा वर्षाको कारण खेल केहि समय रोकिएको थियो । वर्षा रोकिएपछि खेल ३२ ओभरमा झारिदै प्रदेश ५ ले डक वर्थ लेविसका आधारमा १ सय ४२ रनको लक्ष्य पाएको थियो । १ सय ४२ रनको लक्ष्य प्रदेश ५ ले २९.३ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । एपीएफलाई हराउन प्रनित थापा मगरले ३३ बलमा २ चौका र १ छक्का सहित अविजित ३० रनको महत्वपूर्ण इनिङ खेले । त्यस्तै विक्रम भुषाल ६ रनमा अविजित रहे । प्रनितले ३० औं ओभरको पाँचौ बलमा शरद भेषवाकरलाई छक्का प्रहार गर्दै प्रदेश ५ को जित पक्का गरे ।

ओपनर सन्दीप सुनार १५, सुवेन्दु पाण्डे २०, निश्चल चौधरी १९ र सौरभ खनालले २९ रनको योगदान दिए । सरोज दराल ६ र कृष्ण कार्की ९ रनमा आउट भए । एपीएफका लागि अमरसिंह राउटेलाले २,अभिनास बोहोरा,भुवन कार्की र पृथु बास्कोटाले समान १ विकेट हात पारे ।

त्यसअघि मुलपानीमा टस जितर पहिला ब्याटिङ थालेको एपीएफ ४९।४ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । उसका लागि राष्ट्रिय टोलीका विकेटकीपर समेत रहेका प्रदीप ऐरी ७७ रनमा अविजित रहे । धैर्यताका साथ ब्याटिङ गरेका उनले १ सय ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

प्रदीप बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदपिलाई कुनै पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । प्रदीपले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट निरन्तर विकेट गुम्न पुग्दा विभागिय टोली एपीएफ प्रदेशटिम माथी सामान्य योगफलमा समेटिनु परेको हो ।

सातौं ओभरको अन्तिम बलमा आशिफ शेख ११ रनमा क्याच आउट भए । १५ ओभरको दोस्रो बलमा सन्दीप सुनारले कृष्ण कार्कीबाट क्याच गराउनु अघि ओपनर शरद भेषवाकरले ४७ बलमा १४ रन जोडे । शंकर राना ६,सुमित महर्जन शुन्य,पृथु वास्कोटा ९ र भुवन कार्की १३ रनमा आउट भए । तल्लोक्रममा सन्दीप जोराले २२ बलमा २ चौका सहित २२,अमरसिंह राउटेला १,कमलसिंह ऐरी र अभिनाष बोहोरा समान ३ रनमा आउट भए ।

प्रदेश ५ का लागि कप्तान कृष्ण कार्कीले ८.४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप सुनारले २,बिक्रम भुषाल,सिद्धान्त शाही र अनिल खरेलको नाममा समान १ विकेट रह्यो ।

यस हारसँगै एपीएफले समुह ए को शीर्षस्थानमा रहने अवसर गुमाउने सम्भावना रहेको छ । प्रदेश ३ ले अन्तिम खेलमा सुदूरपश्चिमलाई पराजित गरेमा एपीएफ समूह उपविजेता बन्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.