7 years ago
June 2, 2019
एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबारको खेलमा बंगालदेशले दक्षिण अफ्रिकालाई ३ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा बंगलादेशले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगालदेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० रन बनायो । बंगालदेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले सर्वाधिक ७८ रनको महत्वपूर्ण योगदान दिए । ४३ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा रहिम रस्सी भान डर दुसेनबाट क्याच हुनुअघि ८० बलमा ८ चौका प्रहार गरे ।
त्यस्तै ३६ ओभरको पहिलो बलमा इमरान ताहिरले बोल्ड आउट गर्नु अघि सकिब अल हसनले ८४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७५ रन बटुले । सकिब र मुश्फिकुरले तेस्रो विकेटका लागि १ सय ४२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बंगलादेश बलियो योगफल सम्म पुर्याए ।
त्यसअघि ओपनर सौम्य सरकार र तामिम इकवालले पहिलो विकेटका लागि ८.२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एन्डिले फेहलुकवेओले तामिमलाई १६ रनमा विकेटकीपर क्विन्टन डीककबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । १२ ओभरको चौथो बलमा क्रिस मोरिसले डी ककबाट उत्कृष्ट क्याच आउट गराउँदै पेभिलिएन फर्काउनु अघि ३० बलमा ९ चौका प्रहार गर्दै ४२ रन जोड्दै आक्रमक सुरुवात दिलाए ।
तल्लोक्रममा महमुदउल्हा र मोसाद्दिक हसनले पनि उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिदै आक्रमक रुपमा रन जोडेपछि बंगालदेशले विशाल योगफल तयार पारेको हो । महमुदउल्हाले ३३ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे ।
त्यस्तै मोसाद्दीकले २० बलमा ४ चौका सहित २६ रनमा क्याच आउट भए ।
अफ्रिकाका लागि एन्डिले फेहलुकवेले,इमरान ताहिर र क्रिस मोरिसको नाममा समान २ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]