7 years ago
June 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल गुरुङले शतक प्रहार गरेपछि काठमाडौंमा जारी तेस्रो संस्करणको राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा गण्डकीले प्रदेश ५ लाई २ सय ३५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ४९.२ ओभरमा अल आउट हुँदै २ सय ३४ रन बनायो । उसका लागि ओपनर अनिल गुरुङले सानदार शतक प्रहार गरे । ४५ ओभरको अन्तिम बलमा कप्तान कृष्ण कार्कीलाई छक्का प्रहार गर्दै अनिल गुरुङले १ सय ४१ बलमा पीएम कपमा आफ्नो पहिलो शतक पुरा गरे । अन्तिम ओभरको पहिलो बलमा अनिल खरेलले विकेटकीपर प्रकाश केसीबाट स्टपम्ङि आउट गर्नु अघि १ सय ५२ बलमा ५ चौका र १ छक्का सहित १ सय १५ रनको योगदान दिए ।
त्यस्तै तल्लोक्रममा युवा खेलाडी किशोर महतोले ७ बलमा ३ छक्का सहित आक्रमक २० रन जोडे । गण्डकीले पहिलो विकेटका रुपमा कप्तान गोविन्द प्रधानलाई २६ रनमा गुमाएको थियो । ओपनर प्रधान र अनिलले पहिलो विकेटका लागि १५ ओभर सम्म ५४ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । प्रधानलाई १६ ओभरको पहिलो बलमा विक्रम भुषालले क्याच गराउनु अघि ४१ बलमा २ चौका र १ छक्का प्रहर गरे ।

दिपेश श्रेष्ठले २० बलमा २ छक्का र १ चौका सहित २८,सुमन घिमिरे १३ मेख शेन २३,विपिन खत्री ३ रनमा आउट भए । प्रदेश ५ का लागि अनिल खरेलले ९.२ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । विक्रम भुषाल र कृष्ण कार्कीको नाममा समान २ विकेट रह्यो । सिद्धान्त शाहीले १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]