7 years ago
June 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ लाई सुदूरपश्चिम प्रदेशले १ सय ५५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुदूपश्चिम ४५.१ ओभरमा अल आउट हुँदै १ सय ५४ रन बनायो । उसका लागि ओपनर खड्क बहादुर बोहोराले सर्वाधिक ४० रनको योगदान दिए । १५ ओभरकाो पहिलो बलमा स्टम्पिङ आउट हुनु अघि ६१ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर बसन्त कार्की ४ रनम पेभिलिएन फर्के ।
२३ ओभरको दोस्रो बलमा नन्दन यादवले प्रतिस जिसीबाट क्याच आउट गराउनु अघि कप्तान शेर मल्लले ३७ बलमा १४ रन जोडे । मध्यक्रमका रोशन अधिकारीले ५५ बलमा ४ चौका सहित २७ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नरेन्द्र साउद ८ ,महेश अधिकारी डक, विनोद लामा र लोकेश बम समान २ रनमा आउट भए । कुनै समय ३६.३ ओभरमा १२७-८ को कमजोर अवस्थामा पुगेको सुदूरपश्चिमलाई नवौं विकेटका लागि नरेश बोहोरा र आकश चन्दले रनको २६ रनको साझेदारी गर्दै इनिंग उकासे । बोहोराले ५१ बलमा ३ चौका प्रहार गर्दै २६ रन जोडे । आकशले ८ रन बटुले ।
प्रदेश ३ का लागि युवा स्पिनर सुर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । प्रतिस जिसी र जितेन्द्र सिंह ठकुरीको नामममा समान २ विकेट रह्यो । नन्दन यादव र पारस खड्काले १-१ विकेट लिए ।
राष्ट्रिय टोलीका कप्तान पारस खड्का सम्मिलित प्रदेश ३ आज विजयी भए शीर्ष दुईमा रहँदै सेमिफाईनल पुग्ने छ । फराकिलो अन्तरले विजयी भएको खण्डमा प्रदेश ३ एपीएफलाईपछि पार्दै शीर्ष स्थानमा रहँैदै सेमिफाईनल पुग्न सक्ने संभावना पनि उच्च देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]