default_image

7 years ago

June 3, 2019

सौरभको उत्कृष्ट ब्याटिङमा प्रदेश ५ को जित

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सौरभ खनालले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

जितका लागि २ सय ३५ रनको लक्ष्य पक्ष्याएको प्रदेश ५ ले १ बल अगाडी ७ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि सौरभ खनालले ९० रनको महत्वपूर्ण योगदान दिए । सौरभले १ सय १२ बलमा १२ चौका प्रहार गरेपछि प्रदेश ५ को जित सम्भव बनेको हो । अन्तिम ओभरको तेस्रो बलमा दिपेश श्रेष्ठले सुवास भण्डारीबाट क्याच आउट गराएपछि सौरभ शतक पुरा गर्न चुके।

सौरभले प्रनित थापा मगरसँग चौथो विकेटका लागि उत्कृष्ट ९२ रनको साझेदारी गर्दै प्रदेश ५ को जित सहज बनाएका थिए । ४५ ओभरको तेस्रो बलमा रन आउट हुनु अघि प्रनितले ६६ बलमा ५ चौका प्रहार गर्दै ४५ रन जोडे । प्रदेश ५ ले ओपनर सन्दीप सुनार १७ र सुवेन्द्र पाण्डेलाई ११ रनमा गुमाएको थियो । २५ ओभरको पहिलो बलमा गोविन्द प्रधानले मेख सेनबाट क्याच आउट गराउनु अघि निश्चिल चौधरीले ५१ बलमा ४ चौका सहित ३३ रनमा आउट भए ।

कप्तान कृष्ण कार्कीले १२ बलमा समान १ चौका र छक्का सहित १३ रन जोडे । प्रकाश केसी ७ र जितेन्द्र सहानी १ रनमा अविजित रहे । गण्डकीका लागि किशोर महतोले २,विशाल पौडेल,गोविन्द प्रधान र दिपेश श्रेष्ठको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ४९.२ ओभरमा अल आउट हुँदै २ सय ३४ रन बनायो । उसका लागि ओपनर अनिल गुरुङले सानदार शतक प्रहार गरे पनि त्यो जितको लागि प्राप्त भएन । ४५ ओभरको अन्तिम बलमा कप्तान कृष्ण कार्कीलाई छक्का प्रहार गर्दै अनिल गुरुङले १ सय ४१ बलमा पीएम कपमा आफ्नो पहिलो शतक पुरा गरे । अन्तिम ओभरको पहिलो बलमा अनिल खरेलले विकेटकीपर प्रकाश केसीबाट स्टपम्ङि आउट गर्नु अघि १ सय ५२ बलमा ५ चौका र १ छक्का सहित १ सय १५ रनको योगदान दिए ।

त्यस्तै तल्लोक्रममा युवा खेलाडी किशोर महतोले ७ बलमा ३ छक्का सहित आक्रमक २० रन जोडे । गण्डकीले पहिलो विकेटका रुपमा कप्तान गोविन्द प्रधानलाई २६ रनमा गुमाएको थियो । ओपनर प्रधान र अनिलले पहिलो विकेटका लागि १५ ओभर सम्म ५४ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । प्रधानलाई १६ ओभरको पहिलो बलमा विक्रम भुषालले क्याच गराउनु अघि ४१ बलमा २ चौका र १ छक्का प्रहर गरे ।

दिपेश श्रेष्ठले २० बलमा २ छक्का र १ चौका सहित २८,सुमन घिमिरे १३ मेख शेन २३,विपिन खत्री ३ रनमा आउट भए । प्रदेश ५ का लागि अनिल खरेलले ९।२ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । विक्रम भुषाल र कृष्ण कार्कीको नाममा समान २ विकेट रह्यो । सिद्धान्त शाहीले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.