10 years ago
May 15, 2016
मोहाली – सनराइजर्स हैदराबादले उत्कृष्ट ब्याटिड् गर्दै किड्स ११ पञ्जाबलाई ७ विकेटले हराएपछि जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को नकआउट चरणमा पुग्ने सम्भावना जीवत राखेको छ ।
१ सय ८० रनको लक्ष्य पछ्याएको हैदराबादका कप्तान डेविड वार्नरले अग्रभागमा रहेर टोलीको मोर्चा सम्हालेका थिए । उनले ४१ बलमा ५२ रन बनाए भने युवराज सिंहले मात्र २४ बलमा नकआउट ४२ रनको पारी खेले । सहजै लक्ष्य पछ्याउने क्रममा हैराबादले दुई बल अघि ३ विकेट गुमएर १ सय ८३ रन बनाएको थियो ।
अर्का ओपनर शिखर धवनले २५ रन बनाउँदै पहिलो विकेटका लागि वार्नरसँग ६८ रनको साझेदारी गरेका थिए ।
जितपछि सनराइजर्स नकआउट चरणमा पुग्ने लगभग पक्का बनेको छ । टोलीले १२ खेलमा १६ अंक अंक बटुलेका छ । प्रतियोगिताबाट बाहिरिनेमा पञ्जाब दोस्रो टोली बनेको छ । राइजिड् पुने सुपरजाइन्ट्स यसअघि नै बाहिरिसकेको छ ।
त्यसअघि हासिम अमलाले ५६ बलमा ९६ रन बनाएपछि पञ्जाबले ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । कप्तान मुरली विजयले टस जितेर पहिले ब्याटिड् रोजेका थिए ।
वार्नरले ३८ बलमा अर्धशकत पुरा गरेका थिए । दीपक होड्डाले २२ बलमा ३४ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । अक्षर पटेलले वार्नरको विकेट लिएका थिए । २ विकेटको क्षेतिमा ९७ रनको अवस्था पनि हैदराबादलाई जितका लागि ४७ बलमा ८३ रनको आवश्यका थियो । त्यो अवस्थामा होड्डालाई युवराजले साथ दिएका थिए । अन्तिम पाँच ओभरमा हैदराबादलाई जितका लागि ५० रनको अवश्यकता थियो । त्यस्तोमा होड्डाले मार्कुस स्टोसिनसको बलमा दुई चौका प्रहार गर्दै टोलीको उत्साह भरेका थिए । युवराजले बेन कटिड्सँग ४१ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए । कटिड्ले ११ बलमा अविजित १८ रन बनाए ।
त्यसअघि ३० बलमा अर्धशतक पुरा गरेका अमलाले समग्रमा १४ चौका र २ छक्का प्रहार गरेका थिए । ऋद्दिमन शाहले २३ बलमा २७, गुरप्रित सिंहले २० बलमा २७ रन बना त्यस्तै डेभिड ९ बलमा अविजित २० रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]