7 years ago
June 13, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी नोटिन्घममा सुरु हुनेछ ।

प्रतियोगितामा अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्ड चौथो र भारत तेस्रो जितको खोजिमा छन् । न्युजिल्यान्डले वार्मअप खेलमा भारतलाई ६ विकेटले हराएको थियो । न्युजिल्यान्ड वार्मअपको नतिजा विश्वकपमा पनि दोहोराउन चाहान्छ । वार्मअपको नतिजाले न्युजिल्यान्डको मनोबल उच्च देखिन्छ ।
न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १०विकेट, बंगलादेशलाई २ विकेट र अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । यता तेस्रो जितको खोजिमा रहको भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दा अष्ट्रेलियालाई ३६ विकेटले हराएको थियो ।
आजको खेलमा भारतीय टोलीका ओपनर शिखर धवन हुने छैनन् । उनले विश्वकपनै गुमाउन सक्ने उच्च संभावना छ । अष्ट्रेलियासँगको खेलमा उनको औंलामा चोटका चोट लागेको छ । धवन घाइते भएसँगै सुरुवाती दुई खेल चौथो नम्बरमा ब्याटिङ गरेका केएल राहुल आज ओपनरको रुपमा मैदान उत्रने छन् । चौथो नम्बरमा कसलाई मैदान उतार्ने भन्नेमा भारत दुविधामा परेको छ । विजय शंकरलाई चार नम्बरको रुपमा विश्वकपमा घोषणा गरेपनि वार्मअपमा खराब प्रर्दशनका कारण उनलाई बेन्चमा राख्दै ओपनर राहुललाई चौथो नम्बरमा मैदान उतारेको थियो । चौथो नम्बरमा भारतले आज विकेटकीपर दिनेश कार्तिक र विजय मध्य एकलाई खेलाउने छ ।

हेड टु हडमा भारत अघि देखिन्छ । यी दुईदेशबीच कुल १ सय ६ ओडीआई खेल हुँदा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । एक खेल बराबरीमा सकिदा ५ खेलको नतिजा विहिन छ । विश्वकपमा भारत र न्युजिल्यान्डबीच ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा न्युजिल्यान्ड ४ पटक विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।
ओपनर मार्टिन गुप्टिल,कप्तान केन विलियम्सन, रोश टेलर, टेन्ट्र बोल्ट, म्याट हेनरी, जेम्श निशमको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डले भारतलाई स्तब्ध पार्न सक्छ । ओपनर रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्र सिंह धोनी, अलराउण्डर हार्दिक पान्ड्या, जसप्रित बुमराह, युजभेन्द्र चाहल र कुलदीप यादवको उत्कृष्ट प्रर्दशनमा भारतले सहज निकाल्न सक्छ । यी खेलाडीको प्रर्दशन विना भारतको जित पनि संभव देखिदैन ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]