default_image

7 years ago

June 13, 2019

भारत विरुद्ध न्युजिल्यान्ड : प्लेयर्स टु वाच

385 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी नोटिन्घममा सुरु हुनेछ ।

अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्डले वार्मअप खेलमा भारतलाई ६ विकेटले हराएको थियो । विश्वकपमा भारत र न्युजिल्यान्डबीच ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा न्युजिल्यान्ड ४ पटक विजयी हुँदा ३ खेलमा पराजित भएको छ । त्यस्तै आजको खेलमा प्रभाव पार्न सक्ने ४ खेलाडी यस प्रकार छन् :

विराट कोहली (भारत)

कप्तान विराट कोहली भारतीय टोलीमा प्रमुख ब्याट्सम्यान तथा मुख्य हतियार हुन् । कोहलीको उत्कृष्ट प्रर्दशन बिना भारतको जित कठिन बन्ने गर्दछ । दक्षिण अफ्रिकासँग १८ रनमा आउट भएका कोहलीले दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध ८२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । वान डे क्रिकेटका नम्बर वान ब्याट्सम्यान कोहली लयमा आएपछि उनको रनको गतीलाई रोक्न जुन सुकै बलरलाई कठिन पर्ने गर्दछ । किङ कोहली तथा रन मेशिनको उप नाम पाएका उनले आफ्नो वान डे करियरमा ५९.४७ को औसतमा रन बटुलेका छन् । २०१८ मा १४ खेलमा ६ शतक र ३ अर्ध शतक प्रहार गरेका कोहली ठूलो इनिङ खेल्दै कोहलीले टोलीलाई विशाल योगफल सम्म पुर्याउन सक्छन् ।

मार्टिन गुप्टिल (न्युजिल्यान्ड)

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल विश्फोटक ब्याटिङका लागि परिचित छन् । जब उनी लयमा आउछन् भने न्युजिल्यान्डले रनको पहाड बनाउन सक्छ । अर्थात गुप्टिलले आफ्नो एक्लो प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्ने क्षमता राख्दछन् । गुप्टिलले पहिलो खेलमा श्रीलंकाविरुद्ध ७३ रन जोडेका थए । दोस्रो खेलमा बंगलादेविरुद्ध २५ रनमा आउट हुँदा अफगानिस्तानसँग भने डक आउट हुन पुगे । गुप्टिल आजको खेलमा नायक बन्न सक्छन् । गुप्टिल सन् २०१५ को विश्कपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन् । त्यसै विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नट आउट २ सय ३७ रन प्रहार गर्दै कीर्तिमान समेत रचेका गुप्टिल आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै भारतलाई निराश बनाउन सक्छन् ।

जसप्रित बुमराह (भारत)

भारतीय तीब्र गतिका बलर जसप्रति बुमराहको योर्कर फाल्न माहिर छन् । डेथ ओभर र पावर प्लेमा बुमराहको बलमा रन जोड्न भन्दा पनि धेरै ब्याट्सम्यानलाई क्रिजमा टिक्न मुश्किल पर्ने पर्दछ । बुमराहलाई ठूलो शटको प्रयास कमै मात्रमा गर्ने गर्दछन् । उत्कृष्ट लयमा रहेका बुमराहले दक्षिण अफ्रिकाविरुद्ध २ र अष्ट्रेलियाविरुद्ध ३ विकेट लिएका थिए । विश्वक्रिकेटमा छोटो समयमै सर्वोउत्कृष्ट बलरको छबी बनाएका बुमराह आजको खेलमा न्युजिल्यान्डलाई घातक सावित हुन सक्छन् ।

ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)

तीब्र गतिका बलर टेन्ट्र बोल्ट चम्किए भने विपक्ष्यका ब्याट्सम्यान निरिह सावित हुने गर्दछन् । गतिसँगै स्वीङ गराउन उनी माहिर छन् । उनले वार्म खेलमा भारतका ओपनर शिखर धवन,रोहित शर्मा,के एल राहुल तथा कुलदीप यादवलाई आफ्नो शिकार बनाएका थिए । श्रीलंकासँग १ र बंगलादेशसँग २ विकेट लिएका बोल्टले अफगानिस्तानसँग कसिलो बलिङ गरेपनि विकेट लिन सकेनन् । बोल्ट सन् २०१५ को विश्कपमा २२ विकेट लिने खेलाडी समेत हुन् । त्यसैले आज बोल्टले आज आफ्नो उत्कृष्ट प्रर्दशनमा भारतलाई निराश बनाउँदै न्युजिल्यान्डको सहज जित पक्का गर्न सक्छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.