default_image

7 years ago

June 14, 2019

इंग्ल्यान्ड विरुद्ध वेस्टइन्डिज : प्लेयर्स टु वाच

140 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुनेछ ।

इंग्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज दोस्रो जितको खोजिमा छन् । वेस्ट इन्डिज र इंग्ल्यान्डबीच हालसम्म १ सय १ वान डे खेल भएको छ । जसमा इंग्ल्यान्ड ५१ खेलमा विजयी हुँदा ४४ खेलमा पराजित भएको थियो । ६ खेलको नतिजा बिहीन छ । आजको खेलमा प्रभाव पार्न सक्ने ४ खेलाडी :

जस बटलर (इंग्ल्यान्ड)

इंग्ल्यान्डका विकेटकिपर तथा विष्फोटक ब्याट्सम्यान जस बटलरले पछिल्लो दुई वर्षमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । बटलरले त्यहि लयलाई विश्वकपमा पनि निरन्तरता दिएका छन् । ठूला शट र आक्रमक ब्याटिङ गर्न माहिर बटलरले आफ्नो एक्लो प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १८ रनमै आउट हुन पुगेका बटलरले दोस्रो खेलमा पाकिस्तानविरुद्ध १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । तर पाकिस्तानसँग इंग्ल्यान्ड स्तब्ध हुन पुग्यो । तेस्रो खेलमा आक्रमक ६४ रन जोडेका बटलरले आजको खेलमा पनि नायक बन्न सक्छन् ।

आन्द्रे रसेल (वेस्ट इन्डिज)

वेस्टइन्डिजका विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर आन्द्रे रसेल आजको खेल खेल्ने वा नखेल्ने अनिश्चित छ । तर पनि रसेल खेले इंग्ल्यान्डलाई सहज पक्कै हुने छैन । रसेल चोटका कारण दक्षिण अफ्रिकासँगको खेल गुमाएका थिए । कठिन जितलाई पनि सहज बनाउन सक्ने रसेलले बलिङमा पनि त्यस्तै राम्रो प्रर्दशन गर्ने गर्दछन् । रसेलले पाकिस्तानसँग २ विकेट, अष्ट्रेलियासँग खेलमा २ विकेट लिनुका साथै १५ रन जोडेका थिए । आजको खेलमा रसेल मैदान उत्रिए इंग्ल्यान्डको लागि घातक बन्न सक्छन् ।

जोफ्रा आर्चर (इंग्ल्यान्ड)

तीव्र गतिका युवा बलर जोफ्रा आर्चर आजको खेलमा पनि घातक सावित हुन सक्छन् । फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै एक महिना अघिमात्रै इंग्ल्यान्डको टोलीमा डेब्यू गरेका आर्चरले छोटो समयमै ठूलो प्रभाव छाडेका छन् । आर्चरको आगमनले इंग्ल्यान्डको बलिङ लाईन अप समेत बलियो बन्न पुगेको छ । डेथ ओभर र पावर प्लेमा उत्कृष्ट प्रर्दशन गर्ने आर्चर योर्कर बलको लागि परिचित छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३ विकेट लिएका आर्चरले पाकिस्तानसँगको खेलमा भने १ विकेट मात्र लिए । बंगलादेशसँगको खेलमा भने उत्कृष्ट प्रर्दशन गर्दै ३ विकेट हात पारेका थिए । आर्चरको गती र योर्कर बलमा वेस्ट इन्डिजका ब्याट्सम्यान आज निराश बन्न सक्छन् ।

ओशेन थोमस (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका तीव्र गति युवा बलर ओशन थोमस आजको खेलमा इंग्ल्यान्डका ब्याट्सम्यानको लागि घातक बन्न सक्छन् । पाकिस्तानलाई १ सय ५ रनमै रोक्न थोमसले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए । अष्ट्रेलियाविरुद्ध २ विकेट लिएका उनले अफ्रिकासँगको वर्षाको कारण रद्ध हुनुअघि ३ बलमा १ रन मात्रै खर्चेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.