7 years ago
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ ।

तुलनात्मक रुपमा कमजोर टोली अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे इंग्ल्यान्ड अंक तालिकामा शीर्ष स्थानमा उक्लिने छ । यता सुरुवाती चारै खेलमा पराजित भएको अफगानिस्तान गर वा मरको अवस्थामा छ । आजको खेलमा अफगानिस्तान पराजित भए शीर्ष चार रहेर सेमिफाईनल खेल्ने संभावना लगभग सकिने देखिन्छ ।
बंगलादेशविरुद्ध सानदार शतक प्रहार गरेका इंग्ल्यान्डका ओपनर जेसन रोय आज मैदान बाहिर रहने छन् । वेस्टइन्डिजसँगको खेलमा फिल्डिङ गर्ने क्रममा घाईते भएका रोयले श्रीलंकासँगको पनि खेल गुमाउने छन् । संभवत उनको स्थानमा इंग्ल्यान्डले जेम्श भिन्सलाई मौका दिने छ । जारी विश्वकपमा दुई शतक प्रहार गरि सकेका जो रुटलाई रोक्न अफगानिस्तानका बलरलाई कठिन पर्न सक्छ ।
जोनी बेयरस्टो, जो रुट, कप्तान इओन मोर्गिन, बेन स्टोक्स, जस बटलर, जोफ्रा आर्चरको उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डले सहज र फराकिलो जित हात पार्न सक्छ । इंग्ल्यान्डले आज जेम्स भिन्ससँगै युवा अलराउण्डर टम करनलाई पनि मौका दिन सक्न सक्छ ।

यता अफगानिस्तानले सोचे भन्दा खराव प्रर्दशन गरि रहेको छ । ओपनर हज्रहतुल्लाह जजाई, रहमत साह, गुलवदीन नाईब, इकराम अलिखिल चल्न नसक्नु उसको लागि चिन्ताको विषय हो । लेग स्पिनर राशिद खान र अलराउण्डर मोहम्मद नाबीले भने राम्रो प्रर्दशन गरेका छन् ।
अफगानिस्तान अष्टेलिया, न्युजिल्यान्ड, श्रीलंका र दक्षिण अफ्रिकासँग पराजित भएको हो । अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानले रन जोड्न सकि रहेका छैनन् । अफगानिस्तान अंक तालिकामा पुछारमा छ । सन् २०१५ को विश्वकपमा अफगानिस्तान इंग्ल्यान्डसँग ९ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]