default_image

7 years ago

June 18, 2019

इंग्ल्यान्ड विरुद्ध अफगानिस्तान : प्लेयर्स टु वाच

107 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । अफगानिस्तान पहिलो जितको खोजिमा छ ।

अफगानिस्तानले सुरुवाती चारै खेल हारेको छ । यता इंग्ल्यान्ड अफगानिस्तानमाथि फराकिलो जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिने दाउमा छ । अफगानिस्तान इंग्ल्यान्ड भन्दा तुलनात्मक रुपमा कमजोर टोली मानिन्छ । इंग्ल्यान्डले ४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको छ ।

आजको खेलमा अफगानिस्तान पराजित भए शीर्ष चार रहेर सेमिफाइनल खेल्ने अंकगणीतिय संभावना मात्रै बाँकी रहने देखिन्छ । सन् २०१५ को विश्वकपमा अफगानिस्तान इंग्ल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । आजको खेलमा प्रभाव पार्न सक्ने दुई खेलाडी :

जो रुट (इंग्ल्यान्ड)

इंग्ल्यान्डका सर्वाधिक भरपर्दा युवा ब्याट्सम्यान जो रुट उत्कृष्ट लयमा छन् । टेष्ट क्रिकेटका कप्तान समेत रहेका रुट बाउन्ड्री भन्दा डबल सिंगल रन जोड्न माहिर मानिन्छन् । उनले जारी विश्वकपमा ४ खेलमा २ शतक र १ अर्ध शतक सहित २ सय ७९ रन जोडी सकेका छन् । रुटले जस्तो सुकै दबाबमा पनि रन जोड्ने गर्दछन् । डवल सिंगलबाटै बलरलाई दवावमा राख्ने गर्दछन् ।

रुटले पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ५१ रन जोडेका थिए । दोस्रो खेलमा पाकिस्तानविरुद्ध १ सय ७ रन प्रहार गरेपनि इंग्ल्यान्डको हार टार्न सकेनन् । बंगलादेशसँगको खेलमा २१ रनमा आउट हुन पुगे । वेस्ट इन्डिजसँगको खेलमा १ सय रनमा अविजित रहनुको साथै २ विकेट लिएका थिए । रुटले पाटटाईमका स्पिन बलिङ समेत गर्ने गर्दछन् । निरन्तर रन जोड्दै बलरलाई दवावमा राख्ने रुट अफगानिस्तानको लागि घातक बन्न सक्छन् ।

राशिद खान (अफगानिस्तान)

लेग स्पिनर राशिद खानको प्रर्दशन अफगानिस्तानलाई निकै महत्वपूर्ण हुने छ । राशिद बलिङमात्रै होइन तल्लोक्रममा ठूला ठूला शट प्रहार गर्र्न पनि सिपालु छन् । राशिदले सुरुवाती ४ खेलमा मध्यम प्रर्दशन गरेका छन् । राशिदले अष्टेलियाविरुद्ध १ विकेट लिनुका साथै २७ रन जोडेका थिए । श्रीलंकाविरुद्ध २ विकेट लिएका राशिदले न्युजिल्यान्डसँगको खेलमा ब्याटिङ गर्ने क्रममा घाईते हुँदा बलिङनै गरेनन् ।

साउथ अफ्रिकासँग ३५ रन जोडेका राशिदले विकेट भने लिन सकेनन् । पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय फेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका राशिदले आफ्नो उत्कृष्ट अलराउण्डर प्रर्दशनमा अफगानिस्तानले आश्चर्यजनक नतिजा हात पार्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.