default_image

7 years ago

June 18, 2019

टि-२० विश्वकप छनोटको लागि २५ सदस्यीय टोली घोषणा

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी विश्वकप छनोटको लागि नेपालले २५ सदस्य प्राम्भिक टोली घोषणा गरेको छ ।

यूएईमा ओडीआई र टि-२० सिरिज जितेपछि नेपाली टोली

जुलाई चौथो साता सिंगापुरमा हुने प्रतियोगिताका लागि टोलीको घोषणा भएको हो । नेपाली टोलीले बिहीबारदेखि प्रशिक्षण थाल्नेछ । तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् । नन्दनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका छन् ।

दुई साता अघि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका विकेटकिपर राजु रिजाल,जितेन्द्र मुखिया,अमित श्रेष्ठ,कुशल भुर्तेल,ललित भण्डारीले भने पुनरागमन गरेका हुन् । भुर्तेल ठूला शटका लागि माहिर छन् भने अमित श्रेष्ठले घरेलु क्रिकेटमा ओपनिङ ब्याटिङ गर्दै निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सन् २०१४ को टी ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका जितेन्द्र मुखिया चोटका कारण टोली बाहिर थिए ।

विदेश भ्रमणपछि अन्तिम टोलीको घोषण गरिने व्यवस्थापक रमन शिवाकोटी जानकारी दिए । यद्यपी विदेश भ्रमण भने टुङ्गो लाग्न बाँकी छ ।

आईसीसी विश्वकप टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०-२८ सम्म सिंगापुरमा हुने । प्रतियोगितामा नेपाल सहित सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोट खेल्न पाउने छ ।

२५ सदस्य नेपाली टोली :
१. पारस खड्का(कप्तान)
२.अभिनास बोहोरा
३.अमित श्रेष्ठ
४.बसन्त रेग्मि
५.भिम सार्की
६.विनोद भण्डारी
७.दिपेन्द्र सिंह ऐरी
८.ज्ञानेन्द्र मल्ल
९.जितेन्द्र मुखिया
१०.करण केसी
११.कुशल भुर्तेल
१२.ललित भण्डारी
१३.ललित नारायाण राजवंशी
१४.आरिफ शेख
१५.नन्दन यादव
१६.पवन सरार्फ
१७.प्रदीप ऐरी
१८.राजु रिजाल
१९.रोहित कुमार पौडेल
२०.सन्दीप लामिछाने
२१.साहव आलम
२२.शरद भेषावकर
२३.सोमपाल कामी
२४.सन्दीप जोरा
२५ सुुशन भारी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.