7 years ago
June 18, 2019
सप्तरी (हाम्रो खेलकुद) – सप्तरीको राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिग(२ प्रतियोगिताको दोश्रो दिन मेहबुब आलम कप्तानीको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन विजयी भएका छन् ।

मंगलबार पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा खेलमा मेहबुब आलम कप्तानीको रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित गर्यो । वर्षाको कारण मैदान भिजेकोले ढिला सुरु भएको खेल ५र५ ओभरमा छोट्याएर खेलाइएको थियो।
टस हारेर ब्याटिङ थालेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेटको क्षतिमा ३२ समेटियो । ३३ रनको सामान्य लक्ष्य तिलाठी कोइलाडीले कुनै विकेट नगुमाए पनि ५ ओभरमा मात्र २७ रन बनाउदा पराजित हुन पुगेको हो ।
सुनिल धमला ११ र कप्तान रोहन बिक १२ रनमा अविजित रहे । अन्तिम ओभरमा जितको लागि ११ रन आवश्यक हुँदा सैदुल्लाह अन्सारीले मात्र ५ रन खर्चिन पुगे। अन्तिम बलमा आवश्यक ६ रन सुनिल धमलाले प्रहार गर्न सकेनन्। रुपनीका बलर गोमानंद अमात्यले १ ओभरमा मात्र ४ रन, प्लेयर अफ द म्याच चुनिएका अनोज यादबले २ ओभरमा ८ रन तथा सैदुल्लाह अन्सारीले २ ओभरमा १३ रन खर्चिए।
त्यसअघि पहिले ब्याटिङ गरेको रुपनीको लागि मेहबुब आलमले सर्वाधिक १० रन बनाउन ४ बलमा १ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानले दोेहोरो अंकमा रन छुन सकेनन् । कोइलाडीका लागि अनिल यादबले सर्वाधिक ३ विकेट लिए । रोहित सिंहले २ विकेट तथा कमल ओलीको नाममा १ विकेट रह्यो । त्यस्तै दोस्रो खेलमा दोश्रो खेलमा पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मन्जित श्रेष्ठ कप्तानीको बोदे बर्साइनलाई ७ विकेटले पराजित गर्यो।
१ सय १९ रनको लक्ष्य पछ्याएको डाक्नेश्वरी ड्रागनले १८ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो। जितमा विशाल सुश्लिंग ३५ रनमा अविजित रहे । कप्तान पुष्प थापाले २९ र दिपेश कंडेलले २४ रन जोडे । विशाल र दिपेशले तेश्रो विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए । बोदे बर्साइनका मिनास थापा,ओपन राइ र मन्जित श्रेष्ठले १-१ विकेट लिए।
त्यस अघि टस जितेर ब्याटिङ थालेको बोदे बर्साइन थण्डर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २४, मुकुन्द यादबले २०, पवन दासले १५ तथा आदर्श यादबले अविजित १७ रन बनाए। डाक्नेश्वरीका बलर चित्र बहादुर थापा, रोबिन सिंह र दिपेश कंडेलले समान २ विकेट हात पारे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]