7 years ago
June 18, 2019
एजेन्सी – इंग्ल्यान्डका कप्तान इओन मोर्गनले एक दिवसिय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध विष्फोटक शतक पुरा गरेका छन् ।

मोर्गनले मात्रै ५७ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरेका हुन् । मैदानमा चौका र छक्काको वर्षा गराएका मोर्गनले ४३ ओभरको अन्तिम बलमा राशिद खानलाई छक्का प्रहार गर्दै विश्कपमा आफ्नो पहिलो शतक समेत पुरा गरे । मोर्गन ५९ बलमा ३ चौका र ११ छक्का सहित १ सय ४रनमा खेलि रहेका छन् । मोर्गनलाई जो रुटले ७६ रनमा साथ दिएका छन् । तेस्रो विकेटका लागि रुट र मोर्गनले १ सय ३८ रनको साझेदारी गरि सकेका छन् ।
त्यस्तै जोनी बेयरस्टोले ९९ बलमा ८ चौका र ३ छक्का सहित ९० रनको योगदान दिए । ३० ओभरको पाँचौ बलमा कप्तान गुवदीन नाईबले आफैं उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काएपछि शतक पुरा गर्न १० रनले चुकेका थिए । बेयरस्टो र रुटलो दोस्रो विकेटका लागि १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए ।
त्यस अघि १० ओभरको तेस्रो बलमा दलावत जदरानले मुजिव उर रहमानबाट क्याच गराउँदै ओपनर जेम्श भिन्सलाई २६ रनमा आउट गराए । ठूलो शट खेल्ने धुनमा आउट हुनुअघि भिन्सले ३१ बलमा ३ चौका प्रहार गरे । टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले यो समचार तयार पार्न सम्म ४४ ओभरमा ३ सय २ रन बनाउन २ विकेट गुमाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]