7 years ago
June 19, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ ।
शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब छ । न्युजिल्यान्ड आजको खेलमा विजयी भए शीर्ष स्थानमा उक्लिने छ । सन् २०१५ को विश्वकपमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई डक वर्थ लेविसका आधारमा ४ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । विश्वकपमा यी दुई देश ७ पटक भिडेका छन् । जसमा न्युजिल्यान्ड ५ पटक विजयी हुँदा २ खेलमा पराजित भएको छ ।
आजको खेलमा प्रभाव पार्न सक्ने २ खेलाडी :
फाफ डु प्लेसिस (दक्षिण अफ्रिका) :
कप्तान फाफ डु प्लेसिसको प्रर्दशन दक्षिण अफ्रिकाकालाई आज निर्णयक बन्न सक्छ । फाफ डु प्लेसिसले सुरुवाती चार खेलमा औसत प्रर्दशन गरेका छन् । इंग्ल्यान्डविरुद्ध ५,बंगलादेशसँगको खेलमा ६२ तथा भारतसँगको खेलमा ३८ रन जोडेका थिए । वेस्ट इन्डिजसँगको खेलमा वर्षाको कारण खेल रद्ध हुँदा अफगानिस्तानसँगको खेलमा ब्याटिङ गर्नै आएनन् ।

फाफ डु प्लेसिसले सन् २०१५ को विश्वकप सेमिफाईनलमा न्युजिल्यान्डविरुद्ध ८२ रन जोडेका थिए । दुई महिना अघि सम्पन्न आईपीएलमा पनि उत्कृष्ट प्रर्दशन गरेका फाफ डु प्लेसिसको उत्कृष्ट प्रर्दशनमा अफ्रिकाले न्युजिल्यान्डलाई स्तब्ध पार्न सक्छ । फाफ डु प्लेसिसले आफ्नो वान डे करियरमा १ सय ३९ खेलमा ११ शतक ३३ अर्ध शतक सहित कुल ५ हजार २ सय २५ रन जोडी सकेका छन् ।
टेन्ट्र बोल्ट (न्युजिल्यान्ड) :
तीब्र गतिका बलर टेन्ट्र बोल्टको आफ्नो घातक बलिङमा टोलीको सहज जित पक्का गर्न सक्छन् । बोल्टले श्रीलंकासँग १ र बंगलादेशसँगको खेलमा २ विकेट हात पारेका थिए । अफगानिस्तानसँगको खेलमा भने कसिलो बलिङ गरे पनि विकेट लिन सकेनन् । तीब्र गतिसँगै स्वीङ गराउन माहिर बोल्टले पावर प्ले र डेथ ओभरमा उत्कृष्ट प्रर्दशन गर्ने गर्दछन् ।

बोल्ट सन् २०१५ को विश्वकपमा २२ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा रहेका थिए । बोल्टले ८२ खेलमा १ सय ५० विकेट लिई सकेका छन् । जसमा वेस्ट प्रर्दशन ७–४३ रहेको छ । बोल्ट आज न्युजिल्यान्डका लागि नायक सावित हुन सक्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]