7 years ago
June 19, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार टोली भारतलाई ठूलो झड्का लागेको छ ।

चोटका कारण पछिल्लो केहि खेल गुमाएका ओपनर शिखर धवन विश्वकपबाट बाहिरिएका छन् । धवन अष्टेलियासँगको खेलमा औंलामा चोटका कारण यस अघि तीन हप्ता मैदान बाहिर रहने जनाईएको थियो । तर बुधबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले धवन विश्वकपबाटै बाहिरिएको जनाएको छ ।
विश्वकप जित्ने दाउमा रहेको भारतलाई अनुभवि ओपनर धवन बाहिरिनु घातक सावित हुन सक्छ । अष्टेलियासँगको खेलमा धवनले १ सय १७ रन को शतकीय इनिङ खेलेका थिए । धवनको स्थान संभवत विकेटकीपर ऋषभ पन्तले लिने छन् । पन्त गत बुधबारै इंग्ल्यान्ड पुगि सकेका छन् ।
भारतले सुरुवाती ४ खेलमा ३ मा जित सहित ७ अंक जोड्दै चौथो स्थानमा छ । पाँचौ खेल भारतले आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]