default_image

7 years ago

June 19, 2019

दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्डलाई मध्यम लक्ष्य

128 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो ।

मैदान हिलो भएको केहि ढिला सुरु भएको खेल १ ओभर घटाएर ४९ मा झारिएको थियो । दक्षिण अफ्रिकाकालागि मध्यक्रमका रस्सि भान डर दुसेनले ६४ बलमा २ चौका र ३ छक्का सहित ६७ रनमा अविजित रहे । त्यस्तै क्रिस मोरिसले ६ रन बटुले ।

ओपनर हाशिम अमलाले ५५ रनको योगदान दिए । २८ ओभरको चौथो बलमा मिचेल सान्टनरले बोल्ड आउट गनुअघि अमलाले ८३ बलमा ४ चौका प्रहार गरे । दक्षिण अफ्रिकाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई ब्यक्तिगत ५ रनमा गुमाएको थियो । डी ककलाई टेन्ट्र बोल्टले बोल्ड आउट गरे ।

कप्तान फाफ डु प्लेसिसले २३ रन बटुले । १४ ओभरको अन्तिम बलमा ल्योकी फ्ग्र्युसनले बोल्ड आउट गर्नुअघि उनले ३५ बलमा ४ चौका प्रहार गरे । युवा ब्याट्सम्यान एडेन मार्करामले ५५ बलमा ४ चौका ३८ रन बटुले ।

पाँचौ विकेटका लागि रस्सि भार दुसेन र डेविड मिलरले ७२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ केहि उकासेका थिए । डेविड मिलरले ३७ बलमा २ चौका र १ छक्का सहित ३६ रन जोडे । उनलाई फ्ग्र्युसनले ४५ ओभरको पाँचौ बलमा बोल्टबाट क्याच गराउँदै साझेदारी तोडे ।

न्युजिल्यान्डका लागि ल्योकी फ्ग्र्युसनले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । टेन्ट्र बोल्ट,कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले समान १ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.