10 years ago
May 23, 2016
रायपुर – कप्तान विराट कोहलीले उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा अर्धशतक बनाएपछि रोयल च्यालेन्जर्स बैंड्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को अन्तिम खेलमा दिल्ली डेरडेभिल्समाथि ६ विकेटको जित दर्ता गराएको छ ।
जितपछि दोस्रो स्थानमा उक्लदै बैंड्लोर प्ले अफका लागि छनोट भएको छ । १४ खेलबाट टोलीले १६ अंक बटुलेका थियो । मंगलबार हुने पहिलो छनोट खेलमा टोलीले गुजरात लायन्सको सामना गर्नेछ । अर्को छनोट सरराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच हुनेछ ।

दिल्लीलाई हराउने क्रममा अविजित ५४ रन बनाएका बैंड्लोरका कप्तान विराट कोहलीको जितपछिको खुसी यस्तो थियो ।
पहिलो ब्याटिड गरेको दिल्लीले क्विन्टन डी ककको ६० रनको मद्दतमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । बैंड्लोरले मध्यम लक्ष्य ११ बल बाँकी रहँदा ४ विकेट गुमाएर आवश्यक १ सय ३९ रन जोडदै जित हासिल गरेको थियो । अन्तिम खेलको हारसँग दिल्ली प्ले अफका लागि छनोट हुन सकेन ।
एबी डि भिलियर्स (६ रन) जस्ता आक्रमक खेलाडीलाई सस्तैमा आउट गरेपछि दिल्ली आफ्नो पक्षमा नतिजा पार्न असफल भयो । अर्का आक्रमक खेलाडी क्रिस गेल (१) लाई पनि सुरुआतमै गुमाएको बैंड्लोरले एक समय २ विकेट गुमाउँदा १७ रन मात्र बनाएको थियो ।
तर, कोहलीले लोकेश राहुलसँग तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेपछि टोली जिततर्फ अग्रसर बनेको थियो । राहुलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अविजित रहेका कोहलीले ४५ बल खेल्दै ५४ रन को योगदान गरे । सेन वार्टसनले १४ र स्टुआर्ट बिन्नी अविजित १६ रनमा रहे । दिल्लीका लागि कप्तान जाहिर खान, क्रिस मोरिस, पवन नेगी र कार्लोस ब्रर्थवेइटीले समान १ विकेट लिए ।
दिल्लीका लागि डी कक , मोरिस र सञ्जु सामसन बाहेक कसै राम्रो खेल्न सकेनन् । मोरिसले अविजित २७, सामसनले १७ र करुण नायरले ११ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यान चलेनन् ।
बैंड्लोरका लागि युजभेन्दर चाहला सबैभन्दा सफल रहे । उनले ३, क्रिस गेलले २, क्रिस जोर्डन र श्रीनाथ अरविन्दले समान १ विकेट लिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]