default_image

7 years ago

June 20, 2019

अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो

122 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३३ रन बनाउन सक्यो ।

बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले शतक पुरा गरे पनि टोलीको हार टार्न सकेनन् । मिचेल स्टार्कको ४९ ओभरको अन्तिम बलमा १ रन बटुल्दै विश्वकपमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । ९५ बलमा वान डे करियरको सातौं शतक पुरा गरेका रहिम ९७ बलमा ९ चौका र १ छक्का सहित १ सय २ रनमा अविजित रहेपनि टोलीको जितको लागि प्राप्त हुन सकेन ।

त्यस्तै महमुदूल्लाहले आक्रमक ब्याटिङ गर्दै ५० बलमा ५ चौका र ३ छक्का सहित ६९ रनमा क्याच आउट भए । महमुदूल्लाह र मुश्फिकुरले पाँचौ विकेटका लागि १ सय २७ रनको साझेदारी गर्दै हारको अन्तर हटाएका थिए । बंगलादेशले ओपनर सौम्य सरकारलाई १० रनमा गुमाएको थियो । १९ ओभरको पहिलो बलमा मार्कस स्टोइनिसले डेविड वार्नरबाट क्याच गराउँदै सकिब अल हसनलाई ४१ बलमा ४ चौका सहित ४१ रनमा खेलि रहेको अवस्थामा पेभिलिएन फर्काए ।

मिचेल स्टार्कले २५ औं ओभरको पहिलो बलमा ओपनर तामिम इकवाललाई ६२ रनमा बोल्ड आउट गरे । उनले ७४ बलमा ६ चौका प्रहार गरे । शब्बिर रहमान डक र मेहदी हसन मिराज ६ रनमा आउट भए । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइल,मिचेल स्टार्क,मार्कस स्टोइनिसले समान २ विकेट हात पारे । एडम जम्पाको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्टेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ८१ रन बनायो । अष्टेलियालाई विशाल योगफल सम्म पुर्याउन ओपनर डेविड वार्नरले १ सय ६६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । सौम्य सरकारको ४५ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे ।

वार्नरले १ सय १० बलमा आफ्नो वान डे करियरको १६ औं शतक पुरा गरेका थिए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । यस अघि पाकिस्तानसँगको खेलमा पनि वार्नरले शतक प्रहार गरेका थिए । उनको सम्रग विश्वकपमा भने तेस्रो शतक पर्दछ ।

उस्मान खवाजाले पनि उत्कृष्ट प्रर्दशन गर्दै ८९ रनको योगदान दिए । ४७ ओभरको पाँचौ बलमा सरकारलेनै विकेटकीपर मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि उनले ७२ बलमा १० चौका प्रहार गरे । दोस्रो विकेटका लागि डेविड वार्नर र उस्मान खवाजाले १ सय ९२ रनको साझेदारी गर्दै ठूलो योगफल सम्म पुर्याए ।

पहिलो विकेटका लागि ओपनर वार्नर र कप्तान आरोन फिन्चले १ सय २१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । २१ ओभरको पाँचौ बलमा सौम्य सरकारले रुवेल हसनबाट क्याच आउट गराउनु अघि फिन्चले ५१ बलमा ५ चौका र २ छक्का सहित ५३ रन जोडे ।

यस्तै तल्लोक्रममा ग्लेन म्याक्सवेलले विश्फोटक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा रन आउट भए । स्टिभ स्मिथ १ रनमा आउट भए । मार्कस स्टोइनिस १७ र एलेक्स केरि ११ रनमा अविजित रहे । बंगलादेशका लागि सौम्य सरकारले ८ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानको नाममा १ विकेट रह्यो ।

योसँगै अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ मा जित निकालेको न्युजिल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हार ब्योहोरेको घरेलु टोली इंग्ल्यान्ड तेस्रो स्थानमा छ । ४ खेलमा ३ मा जित निकालेको भारत चौथो स्थानमा रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.