default_image

7 years ago

June 21, 2019

सन्दीप र सोमपाल छनोट हुँदा को-को छनोट भएनन् ?

187 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

क्यानाडाको आधिकारिक टि-२० लिग प्रतियोगिता ग्लोबल टि-२० को ड्राफ्ट बिहीबार सम्पन्न भयो । प्रतियोगिताले दिएको आधिकारिक जानकारी अनुसार नेपालबाट १२ खेलाडीले ड्राफ्टमा नाम दर्ता गराउँदा २ खेलाडी मात्र छनोट भए ।

पछिल्लो समय विश्वका शीर्ष फ्रेन्चाइज लिगमा प्रभाव जमाइरहेका सन्दीपले आफ्नो न्युनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । उनलाई ड्राफ्टअन्तर्गत आईसीसी एसोसिएटको पहिलो खेलाडीको रुपमा टोरोन्टो नेसनल्सले छनोट गरेको थियो । यसैगरी सोमपाल कामीलाई पनि विनिपेग हक्सले छनोट गर्यो । सोमपालले आफ्नो मूल्य ३ हजार अमेरिकी डलर तोकेका थिए ।

सन्दीप र सोमपाल छनोट हुँदा नेपालबाट आधिकारिक नाम दर्ता भएका १० खेलाडी भने छनोटमा परेनन् । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगितामा नाम दर्ता गराएका थिएनन् । नाम दर्ता गराएका अन्य खेलाडी र उनीहरुले तोकेको न्युनतम मूल्य यसप्रकार छ :

जनक भण्डारी – २५ हजार डलर
करण केसी – ७ हजार डलर
अभिनव यादव – ३ हजार डलर
प्रशान्त नेपाल – ५ हजार डलर
ललित नारायण राजवंशी – ४ हजार डलर
राजेश प्रसाद बोहोरा – १० हजार डलर
रोहितकुमार पौडेल – ३ हजार डलर
दीपेन्द्रसिंह ऐरी – ३ हजार डलर
नरेश बुढाएर – ५ हजार डलर
सुनील धमला – १० हजार डलर

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी (घडी घुम्ने दिशामा)

प्रतियोगितामा ड्राफ्टका लागि नाम दर्ता गराउन अनलाइनमार्फत खुला आवेदन दिइएकोले जोकोहीले पनि नाम दर्ता गराउन सकिने प्रावधान रहेको थियो । यद्यपी छनोट भएका खेलाडीले भने राष्ट्रिय टोलीबाट स्वीकृति लिन आवश्यक छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीका अनुसार छनोट भएका खेलाडीले प्रतियोगितामा सहभागीता जनाउने राष्ट्रिय टोलीको स्वीकृति लिनेछन् ।

‘केहि खेलाडीले हामीसँग परामर्श लिएर नाम दर्ता गराएका हुन् । केहिले आफैं व्यक्तिगत रुपमा पनि दर्ता गरेका थिए । केहि नाम नयाँ देखेकोले उनीहरु आफैंले दर्ता गराएको हुनसक्छ, ‘ शिवाकोटीले भने । उनले अलराउन्डर शरद भेषावकरले नाम पठाउन ढिलाई गरेकाले अन्तरिक रुपमा भने उनको नाम ड्राफ्टमा सहभागी गराइएको जानकारी दिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.