default_image

5 years ago

June 21, 2019

‘आईपीएल खेल्दै बुबालाई खुसी बनाउनु छ’ – सोमपाल

काठमाडौं (हाम्रोखेलुकद) – नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी ग्लोबल टी २० क्यानडा प्रिमियर लिगमा अनुबन्ध भएका छन् । बिहीबार राती सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरान्टो नेशनल र सोमपाललाई विनिपेग हक्सले अनुबन्ध गरेका हुन् । सन्दीपले ६० हजार र सोमपालले ३ हजार अमेरिकी डलर पाउने छन् । सन्दीपले […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलुकद) – नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी ग्लोबल टी २० क्यानडा प्रिमियर लिगमा अनुबन्ध भएका छन् ।

बिहीबार राती सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरान्टो नेशनल र सोमपाललाई विनिपेग हक्सले अनुबन्ध गरेका हुन् । सन्दीपले ६० हजार र सोमपालले ३ हजार अमेरिकी डलर पाउने छन् । सन्दीपले पछिल्लो एक वर्षमा आईपीएल देखी बिग ब्याससम्मका थुप्रै नाम चलेका अन्तर्राष्ट्रिय लिगहरु खेलिसकेका छन् । सन्दीप दोस्रो पटक ग्लोबल क्यानडा प्रिमियर लिग खेल्न लागेका हुन् । यता सोमपाल कामी पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेका हुन् । सोमपाल विदेशी लिग खेल्ने दोस्रो नेपाली खेलाडी समेत हुन् ।

पहिलो पटक विदेशी लिगमा अनुबन्ध भएपछि सोमपालले निकै खुसी लागेको बताए । ‘पक्कै पनि खुसी लाग्छ । पहिलो पटक नेपाल आउँदा मेरो लक्ष्य राष्ट्रिय टोलीबाट खेल्ने थियो । खेल्दै गएँ, नेपालले पनि राम्रो गर्दै गयो । त्यसपछि आईपीएल लगायतका अन्य विदेशी लिगहरु खेल्ने सपना राखेको थिए, तर यतिछिटो पूरा हुन्छ भनेर सोचेको थिइन,’ सोमपालले भने ।

यो सुरुवात मात्रै रहेको सोमपाल बताउँछन् । नयाँ अनुभव, नयाँ टिमसँग धेरै कुरा सिक्न पाइने सोमपालको बुझाई छ । ‘प्लेइङ ११ मा पर्छु वा पर्दैन मैले भन्न मिल्दैन । प्रशिक्षक, टिम र कप्तानको टिमको निर्णयमा भर पर्छ । म तीन खेलपछि मात्र टोलीमा सम्मिलित हुनेछु, त्यसबेला टोलीको आवश्यकता अनुसार मेरो भूमिका हुन्छ,’ सोमपालले थपे, ‘नतिजा र प्रर्दशन आफ्नो हातमा हुँदैन । हामीले गर्ने भनेको मिहिनेत नै हो । मैले जतिपनि कुरा सिकेर आउँछु सबै नेपाली क्रिकेटसँग बाँड्नेछु ।’

‘अन्तर्राष्ट्रिय स्तरको लिग खेल्दा पक्कैपनि आत्माविश्वास बढ्छ । एक वर्षदेखि यहि प्रयास थियो । केहि लिगमा नाम दर्ता गरेपनि छनोटमा पर्न सकिन । अहिले हाम्रो मुख्य लक्ष्य टि-२० विश्वकपमा छनोट नै छ । क्यानडा प्रिमियर लिगमा चुनिएपछि आत्माविश्वास हिजो ८० प्रतिशत थियो थियो भने आज १०० प्रतिशत पुगेको छ,’ सोमपालले बताए ।

‘सन्दीपले सुरु गरेको प्रयासले यहाँसम्म आइपुगेको हो । आगामी दिनमा अन्य नेपाली खेलाडी पनि देख्न सकिन्छ । मेरो बाबालाई आईपीएल र भारतको राष्ट्रिय टोली नै ठूलो लाग्छ । त्यसैले भविष्यमा आईपीएल खेलौं र बुबालाई पनि खुसी दिनेछु भन्ने छ, ‘ सोमपालले मुस्कुराउँदै भने ।

सोमपालले सन्दीप र व्यवस्थापक रमण शिवाकोटीलाई धन्यवाद दिइरहँदा सन्दीपले भने सोमपाल मिहिनेतले यो सब हासिल गर्न सफल रहेको बताए । ‘मेरो पनि चाहना थियो की नेपालबाट म लगायत अन्य खेलाडी पनि खेलुन भन्ने, त्यसैले सोमपाल दाई पर्दा म धेरै खुसि छु । आगमी दिनमा नेपालबाट धेरै खेलाडी पर्नेछन् । तर समय लाग्ने छ,’ सन्दीपले बताए ।

सन्दीप र सोमपाल विश्वकप छनोट खेलेर सिंगापुरबाट सिधै क्यानडा जाने छन् । नेपाली टोलीले जुलाई २०-२८ सम्म एसिया टी ट्वान्टी विश्वकप छनोटमा आयोजक सिंगापुर, मलेसिया, कुवेत र कतारसँग प्रतिस्पर्धा गर्ने छ । त्यसैले दुवै खेलाडीले सुरुवाती केहि खेल गुमाउने छन् । क्यानडा लिग आगमी जुलाई २५ देखी ११ अगष्ट सम्म चल्नेछ ।

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

Success

Thank you for your time.