default_image

6 years ago

June 22, 2019

चलेन भारतको ब्याटिङ,अफगानिस्तानलाई मध्यम लक्ष्य

156 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले अफगानिस्तानलाई २ सय २५ रनको मध्यम लक्ष्य दिएको छ ।

साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रनमात्रै बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए । ३१ ओभरको तेस्रो बलमा मोहम्मद नाबीले रमात शाहबाट क्याच आउट गराउनु अघि विराटले ६३ बलमा ५ चौका प्रहार गरे ।

भारतले ओपनर रोहित शर्मालाई १ रनमा गुमाएको थियो । उनलाई मुजिब उर रहमानले एलवी डब्लू आउट गरे । मोहम्मद नाबीले १५ ओभरको दोस्रो बलमा हज्रतुल्लाह जजाईबाट क्याच आउट गराउँदै अर्का ओपनर के एल राहुललाई ३० रनमा पेभिलिएन फर्काए । विजय शंकरलाई रहमात शाहले २९ रनमा एलवी डब्लू गरे । त्यस्तै विकेटकीपर महेन्द्रसिंह धोनीले ५२ बलमा ३ चौका सहित २८ रनमात्रै जोड्न सके ।

केदार जाधवले ६८ बलमा ३ चौका र १ छक्का सहित ५२ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ७ रनमा क्याच आउट भए ।अफगानिस्तानका लागि मोहम्मद नाबी र कप्तान गुलवदीन नाइबले समान २ विकेट हात पारे । राशिद खान, रमात शाह,मुजिव उर रहमान,अफ्तव आलमको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.