default_image

6 years ago

June 22, 2019

कप्तान विलियमसनको लगातार दोस्रो शतक

118 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियमसनले वेस्ट इन्डिजबीरुद्ध शतक प्रहार गरेका छन् । इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा कप्तान केन विलियमसनको यो लगातार दोस्रो शतक हो ।

विलियमसनले यस अघि दक्षिण अफ्रिकासँग पनि अविजित शतक प्रहार गरेका थिए । विलियमसनले १ सय २४ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरे । विलियमसनले ३७.३ ओभरमा चौका प्रहार गर्दै शतक पुरा गरेका थिए । विलियमसन १ सय २६ बलमा ८ चौका प्रहार गर्दै १ सय ४ रनमा अविजित छन् । उनलाई टम लेथमले ४ रनमा साथ दिएका छन् ।

टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई शुन्यमा गुमाएको थियो । गुप्टिललाई शिल्डन कर्टेलले एलवी डब्लू आउट गरे । एसै ओभरको पाँचौ बललमा उनले अर्का ओपनर कोलिन मुनरोलाई शुन्यमा बोल्ड आउट गरेपछि न्युजिल्यान्ड दबाबमा परेको थियो । तर विलियमसन र रोश टेलरले तेस्रो विकेटका लागि १ सय ६० रनको उत्कृष्ट साझीदारी गर्दै इनिङ उकासे । यी दुईशीचको साझेदारी ३५ ओभरको तेस्रो बलमा क्रिस गेलले कप्तान जोसन होल्डरबाट ६९ रनमा क्याच गराउँदै तोडे । टेलरले ९५ बलमा ७ चौका प्रहार गरे ।

न्युजिल्यान्डले यो समचार तयार पार्न सम्म ३८ ओभरमा १ सय ८३ रन बनाउन ३ विकेट गुमाएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.