default_image

6 years ago

June 23, 2019

पहिला ब्याटिङ गर्दै पाकिस्तान

124 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अन्तर्गत आइतबारको खेलमा दक्षिण अफ्रिकाबीरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ ।

लर्ड्समा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । पाकिस्तानले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । ह्यारिस सोहेल र शाहीन शाह अफ्रिदीलाई टोलीमा मौका दिएको छ । हसन अली र सोएब मालिकको स्थानमा यी दुई खेलाडीलाई मौका दिएको हो । दक्षिण अफ्रिकाले भने आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फकार जमान, बाबर आजम, मोहम्मद हफिज, सहर्फराज अहमद (कप्तान), ह्यारिस सोहेल, इमाद वासिम, वहाब रियाज, शाहिन शाह अफ्रिदी, शादव खान, मोहम्मद आमिर

दक्षिण अफ्रिकाको प्लेइङ ११ : क्विन्टन डी कक, हसिम हमला, फाफ डु प्लेसिस(कप्तान), एडेन मार्कराम, रस्सि भान डर दुसेन, डेविड मिलर, एन्डिलो फेहलुकवलो, क्रिस मोरिस, कागिसो रबाडा, लुन्गी निडी, इमरान ताहिर

आठौं स्थानमा रहेको दक्षिण अफ्रिका र नवौं स्थानमा रहेको पाकिस्तान गर वा मर को अवस्थामा छन् । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न आजको खेल दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । आजको खेलमा दक्षिण अफ्रिका पराजित भएमा शीर्ष चारमा रहेर सेमिफाइन खेल्ने सम्भावना समाप्त हुनेछ ।

दक्षिण अफ्रिकाले ६ खेलमा १ मा जित र ४ मा हारका साथ ३ अंक जोड्दै आठौं स्थानमा छ । ५ खेलमा १ मा जित र ३ मा पराजित हारका ३ अंक जोडेको पाकिस्तान नवौं स्थानमा छ । पाकिस्तान आजको खेलमा पराजित भए अंक गणितीय संभावना मात्रै बाँकी रहने छ । विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच ४ खेल भएको छ । जसमा अफ्रिका ३ जित र १ मा पराजित भएको छ ।

पाकिस्तानको लागि इमरान ताहिर घातक बन्न सक्छन् । उनले सुरुवाती खेलमा राम्रो प्रर्दशन गरेका छन् । दक्षिण अफ्रिका प्रमुख बलर कागिसो रबाडाले पनि सोचे अनुसार प्रर्दशन गर्न सकि रहेका छैनन् । ओपनर क्विन्टन डी कक,कप्तान फाफ डु प्लेसिस,रस्सि भान डर दुसेन,एडेन मार्कराम बाहेक दक्षिण अफ्रिका अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकि रहेका छैनन् । अलराउण्डर जेपी ड्यूमिनीको खराब लय अफ्रिकालाई चिन्ताको विषय हो ।

यता ४ खेलमा १३ विकेट लिएका मोहम्मद आमिर आजको खेलमा नायक सावित हुन सक्छन् । ओपनर फकार जमान,बाबर आजम,मोहम्मद हफिजले राम्रै प्रर्दशन गरिरहेका छन् । आशिफ अली,ओपनर इमाम उल हक,हसन अलीको खराब प्रर्दशन पाकिस्तानलाई चिन्ता विषय हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.