default_image

6 years ago

June 23, 2019

दक्षिण अफ्रिकालाई पाकिस्तानको विशाल लक्ष्य

159 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ सय ९ रनको लक्ष्य दिएको छ ।

लर्ड्समा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान ह्यारिस सोहेलले आक्रमक ब्याटिङ गर्दै ८९ रनको महत्वपूर्ण योगदान दिए । विशाल योगफल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका सोहेल अन्तिम ओभरको पाँचौ बलमा विकेटकीपर क्विन्ट डी ककबाट क्याच आउट हुनुअघि ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

पाकिस्तानलाई ओपनर फकार जमान र इमाम उल हकले ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । यी दुईबीचको साझेदारी १५ ओभरको पाँचौ बलमा इमरान ताहिरले फकार जमानलाई ४४ रनमा हासिम अमलाबाट क्याच गराउँदै तोडे । जमानले ५० बलमा ६ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर हकलाई पनि ताहिले २१ ओभरको तेस्रो बलमा आफैं क्याच लिदै ४४ रनमा पेभिलिएनको बाटो देखाए । उनले ५७ बलमा ६ चौका प्रहार गरे । मोहम्मद हफिजलाई एडेन मार्करामले २० रनमा एलवी डब्लू आउट गरे ।

शीर्षक्रमका बाबर आजमले उत्कृष्ट प्रर्दशन गर्दै ८० बलमा ७ चौका सहित ६९ रनको योगदान दिए । बाबरले चौथो विकेटका लागि सोहेलसँग ८१ रनको साझेदारी गरेका थिए । तल्लोक्रमका इमाद वासिमले १५ बलमा ३ चौका सहित २३,वहाब रियाजले ४ रन बटुले ।

दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले ९ ओभरमा ६४ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै इमरान ताहिरले २,एडेन मार्कराम र एन्डिलो फहवकुवलोको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.