6 years ago
June 23, 2019
एजेन्सी – दक्षिण अफ्रिका इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

आइतबार राती पाकिस्तानसँग ४९ रनले पराजित भएपछि अफ्रिकाको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना लिग चरणका दुई खेल अगावै समाप्त भएको हो । ७ खेलमा १ मा जित र ५ खेलमा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिकाले बाँकी दुबै खेल जितेपनि सेमिफाइनलमा पुग्न सक्दैन । ६ खेलमा ६ मानै पराजित हुँदै पुछारमा रहेको अफगानिस्तान पनि तीन खेल अगावै लिग चरणबाट बाहिरि सकेको छ ।
३ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रनमा समेटियो ।
अफ्रिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६३ रनको योगदान दिए । मोहम्मद आमिरले ३० ओभरको तेसो बलमा विकेटकीपर सरफराज अहमिदबाट क्याच आउट गराउनु अघि डु प्लेसिसले ७९ बलको सामना गर्दै ५ चौका प्रहार गरे । क्विन्टन डी कक र डु प्लेसिसले दोस्रो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आसा देखाएका थिए । तर २० ओभरको दोस्रो बलमा सादब खानले इमाम उल हकबाट क्याच आउट गराउँदै डी ककलाई ६० बलमा ३ चौका र २ छक्का सहित ४७ रनमा पेभिलिएन फर्काएपछि जित कठिन बन्न पुगेको थियो ।
मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमा हासिम अमलालाई २ रनमा एलवी डब्लू आउट गर्दै सुरुवाती समयमै दबाबमा राखे । मध्यक्रमका रस्सि भान डर दुसेनलाई ४० ओभरको चौथो बलमा सादब खानले मोहम्मद हफिजबाट ३६ रनमा क्याच आउट गराए । लगत्तै अर्को ओभरको पाँचौ बलमा शाहिन शाह अफ्रिदीले डेविड मिलरलाई ३१ रनमा बोल्ड आउट गरेपछि अफ्रिकाको जितको संभावना सकिएको थियो । तल्लोक्रमका एन्डिलो फहलुकलो ३२ बलमा ६ चौका प्रहार गर्दै ४६ रनमा अविजित रहे । क्रिस मोरिस १६,कागिसो रबाडा ३ रन जोडे ।

पाकिस्तानको जितमा नायक बनेका तीब्र गतिका मोहम्मद आमिरले १० ओभरमा १ मेडन सहित ४९ रन खर्चेर २ विकेट हात पारे । सादब खानले १० ओभरमा १ मेडन सहित ५० रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै वहाब रियाजले पनि १० ओभरमा ४६ रन खर्चेर ३ विकेट हात पारे । शाहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो ।
त्यसअघि लर्ड्समा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनाएको थियो । पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान ह्यारिस सोहेलले आक्रमक ब्याटिङ गर्दै ८९ रनको महत्वपूर्ण योगदान दिए । विशाल योगफल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका सोहेल अन्तिम ओभरको पाँचौ बलमा विकेटकीपर क्विन्ट डी ककबाट क्याच आउट हुनुअघि ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
पाकिस्तानलाई ओपनर फकार जमान र इमाम उल हकले ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । यी दुईबीचको साझेदारी १५ ओभरको पाँचौ बलमा इमरान ताहिरले फकार जमानलाई ४४ रनमा हासिम अमलाबाट क्याच गराउँदै तोडे । जमानले ५० बलमा ६ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर हकलाई पनि ताहिले २१ ओभरको तेस्रो बलमा आफैं क्याच लिदै ४४ रनमा पेभिलिएनको बाटो देखाए । उनले ५७ बलमा ६ चौका प्रहार गरे । मोहम्मद हफिजलाई एडेन मार्करामले २० रनमा एलवी डब्लू आउट गरे ।

शीर्षक्रमका बाबर आजमले उत्कृष्ट प्रर्दशन गर्दै ८० बलमा ७ चौका सहित ६९ रनको योगदान दिए । बाबरले चौथो विकेटका लागि सोहेलसँग ८१ रनको साझेदारी गरेका थिए । तल्लोक्रमका इमाद वासिमले १५ बलमा ३ चौका सहित २३,वहाब रियाजले ४ रन बटुले ।
दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले ९ ओभरमा ६४ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै इमरान ताहिरले २,एडेन मार्कराम र एन्डिलो फहवकुवलोको नाममा समान १ विकेट रह्यो ।
न्युजिल्यान्ड ६ खेलमा ५ मा जित निकाल्दै ११ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको अष्टे«लियाले ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक बटुली सकेको छ । तेस्रो स्थानमा रहेको भारतले पनि ५ खेलमा ९ अंक जोडेको छ । घरेलु टोली इंग्ल्यान्डले ६ खेलमा ४ मा जित र २ मा हारका साथ ८ अंक बटुल्दै चौथो स्थानमा छ । अफगानिस्तान र दक्षिण अफ्रिका दुबैले बाँकी सबै खेल जिते ६ अंक मात्रै पुग्ने हुँदा लिग चरणबाटै बाहिरिएका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]