default_image

6 years ago

June 24, 2019

पहिलो जितको खोजिमा अफगानिस्तान

150 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार बंगलादेश र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखि साउथह्याप्टनमा सुरु हुने छ ।

सुरुवाती ६ खेलमानै पराजित हुँदै प्रतियोगिताबाट बाहिरि सकेको अफगानिस्तानको लागि आजको खेल प्रतिष्ठाको लडाईमात्र हुने छ । अंक बिहीन अफगानिस्तान पहिलो जितको खोजिमा छ ।

६ खेलमा २ मा जित र ३ मा हारका साथ ५ अंक बटुल्दै छैटौं स्थानमा रहेको बंगलादेशलाई भने आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा विजयी भए शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा कायमै राख्ने छ । आजको खेलमा पराजित भए बंगलादेशको पनि सेमिफाइनल खेल्ने संभावना लगभग समाप्त हुने छ ।

भारतलाई कडा टक्कर दिएको अफगानिस्तानको मनोबल पनि उच्च रहने छ । प्रतियोगिताबाट बाहिरि सकेको अफगानिस्तान बिना दबाब मैदान उत्रने हुँदा उत्कृष्ट प्रर्दशन गर्दै बंगलादेशलाई स्तब्ध पार्न सक्छ ।

विश्वकपमा यी दुई देश १ पटक प्रतिस्पर्धा गर्दा बंगलादेश विजयी भएको छ । हेड टु हेडमा यी दुई देशबीच ७ वान डे खेल भएको छ । जसमा अफगानिस्तान ३ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

अष्टेलियासँगको खेलमा शतक प्रहार गरेका विकेटकीपर मुश्फिकुर रहिम आजको खेलमा पनि नायक सावित हुन सक्छन् । त्यस्तै जारी प्रतियोगितामा ५ खेलमा समान २ शतक र अर्धशतक सहित कुल ४ सय २५ रन जोडेका साकिब अल हसनको उत्कृष्ट प्रर्दशनमा बंगलादेशले सहज जित निकाल्न सक्छ ।

भारतसँगको खेलमा उत्कृष्ट प्रर्दशन गरेका मोहम्मद नाबीको प्रर्दशन आजको खेलमा पनि अफगानिस्तानलाई महत्वपूर्ण रहने छ । लेग स्पिनर राशिद खाने सोचे भन्दा खराव प्रर्दशन गर्नु अफगानिस्तानलाई ठूलो चिन्ताको विषय हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.