default_image

6 years ago

June 24, 2019

पहिला ब्याटिङ गर्दै बंगलादेश

131 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

साउथह्याप्टनमा भर्खर सम्पन्न टसमा अफगानिस्तानले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । अफगानिस्तान र बंगलादेश दुबैले आजको खेलमा दुई दुई खेलाडी परिवर्तन गरेका छन् । अफ्तव आलम र हज्रतुल्लाह जजाईको स्थानमा समिउल्लाह शिनवारी र दवालत जदरानलाई मौका दिएको छ । रुवेल हसन र शब्बिर रहमानको स्थानमा आज मोहम्मद सैफुदीन र मोसाद्देक हसनलाई मौका दिएको छ ।

अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह,समिउल्लाह शिनवारी , नजिवुल्लाह, हशमतुल्ला शाहीदि, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, दवालत जदरान

बंगलादेशको प्लेइङ ११ : तामिम इकवाल,सौम्य सरकार,सकिब अल हसन,मुश्फिकुर रहिम,लिटन दास,महमदुल्लाह,मोहम्मद सैफुद्दीन ,मेहदी हसन मिराज,मशरर्फे मोर्तजा(कप्तान) मोसादेक हसन, मुस्ताफिजुर रहमान ।

सुरुवाती ६ खेलमानै पराजित हुँदै प्रतियोगिताबाट बाहिरि सकेको अफगानिस्तानको लागि आजको खेल प्रतिष्ठाको लडाईमात्र हुने छ । अंक बिहीन अफगानिस्तान पहिलो जितको खोजिमा छ ।

६ खेलमा २ मा जित र ३ मा हारका साथ ५ अंक बटुल्दै छैटौं स्थानमा रहेको बंगलादेशलाई भने आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा विजयी भए शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा कायमै राख्ने छ । आजको खेलमा पराजित भए बंगलादेशको पनि सेमिफाइनल खेल्ने संभावना लगभग समाप्त हुने छ ।

भारतलाई कडा टक्कर दिएको अफगानिस्तानको मनोबल पनि उच्च रहने छ । प्रतियोगिताबाट बाहिरि सकेको अफगानिस्तान बिना दबाब मैदान उत्रने हुँदा उत्कृष्ट प्रर्दशन गर्दै बंगलादेशलाई स्तब्ध पार्न सक्छ ।

विश्वकपमा यी दुई देश १ पटक प्रतिस्पर्धा गर्दा बंगलादेश विजयी भएको छ । हेड टु हेडमा यी दुई देशबीच ७ वान डे खेल भएको छ । जसमा अफगानिस्तान ३ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

अष्टेलियासँगको खेलमा शतक प्रहार गरेका विकेटकीपर मुश्फिकुर रहिम आजको खेलमा पनि नायक सावित हुन सक्छन् । त्यस्तै जारी प्रतियोगितामा ५ खेलमा समान २ शतक र अर्धशतक सहित कुल ४ सय २५ रन जोडेका साकिब अल हसनको उत्कृष्ट प्रर्दशनमा बंगलादेशले सहज जित निकाल्न सक्छ ।

भारतसँगको खेलमा उत्कृष्ट प्रर्दशन गरेका मोहम्मद नाबीको प्रर्दशन आजको खेलमा पनि अफगानिस्तानलाई महत्वपूर्ण रहने छ । लेग स्पिनर राशिद खाने सोचे भन्दा खराव प्रर्दशन गर्नु अफगानिस्तानलाई ठूलो चिन्ताको विषय हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.