default_image

6 years ago

June 25, 2019

इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

154 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि क्रिकेटको मक्का मानिने लड्स मैदानमा सुरु हुने छ ।

श्रीलंका र पाकिस्तानसँग स्तब्ध भएपछि घरेलु टोली इंग्ल्यान्ड केहि दबाबमा छ । सूरुवाती ६ खेलमा ४ मा जित र २ मा हारका साथ चौथो स्थानमा रहेको इंग्ल्यान्डलाई आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भए शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने यात्रा इंग्ल्यान्डको कठिन बन्ने छ । इंग्ल्यान्डले यस बाहेक भारत र न्युजिल्यान्डसँग खेल्ने बाँकी छ । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना बलियोे बनाउन सबै खेल जित्नुपर्ने दबाब इंग्ल्यान्डमाथि छ । इंग्ल्यान्डले बाँकी तीनै खेल जिते शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने छ । अन्यथा बंगलादेश,श्रीलंका र पाकिस्तानको खेलको नतिजामा भरपर्नुपर्ने भन्दा अन्य विकल्प हुने छैन ।

यता पाँच पटकको विजेता अष्टेलिया ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक बटुल्दै दोस्रो स्थानमा छ । आजको खेलमा विजयी भए ६ खेलमा ५ मा जित निकाल्दै ११ अंकका साथ शीर्ष स्थानमा रहेको न्युजिल्यान्डलाईपछि पार्दै अष्टे«लिया शीर्ष स्थानमा उक्लिने छ ।

यता वेस्ट इन्डिजसँगको खेलमा घाइते ओपनर जोसन रोय आजको खेलमा पनि इंग्ल्यान्डको टोलीमा उपलब्ध हुने छैनन् । रोयको स्थानमा आएका जेम्श भिन्सले श्रीलंका र अफगानिस्तानसँगको खेलमा ठूलो इनिङ खेल्न नसक्दा इंग्ल्यान्ड केहि समस्यामा छ ।

उपाधिका दुई दाबेदार इंग्ल्यान्ड र अष्टेलियाबीचको खेल रोचक र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जारी विश्वकपमा समान १५ विकेट लिएका जोफ्रा आर्चर र मिचेल स्टार्कलाई निकै महत्वपूर्णसाथ हेरिएको छ । इंग्ल्यान्डका लागि जो रुटले ६ खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ४ सय २४ रन बटुलल्दै उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । रुटसँगै कप्तान इओन मोर्गन,वेन स्टोक्स,जस बटलर,जोनी बेयरस्टो,बेन स्टोक्स र तल्लोक्रममा मोइन अलीको प्रर्दशन इंग्ल्यान्डको लागि महत्वपूर्ण हुने छ । जोफ्रा आर्चर,मार्क उड,क्रिस वोक्स,आदिल राशिद र लियाम प्लन्केट इंग्ल्यान्डका मुख्य बलिङ हतियार हुन् ।

६ खेलमा समान २ मा शतक र अर्ध शतक जोड्दै ४ सय ४७ रनका साथ दोस्रो स्थानमा रहेका ओपनर डेविड वार्नरको प्रर्दशन अष्टे«लियालाई निर्णायक सावित हुन सक्छ । वार्नरसँगै स्टिभ स्मिथ,उस्मान खवाजा,एलेक्स केरि,ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसको प्रर्दशन महत्वपूर्ण हुने छ । मिचेल स्टार्क,केन रिचड्सन,एडम जम्पा,प्याट कमिन्स र नाथन कुल्टर नाइल बलिङ हतियार हुन् ।

गतवर्ष इंग्ल्यान्डले अष्टेलियाविरुद्ध ४ सय ८१ रन बनाउँदै वान डे क्रिकेटकै उच्च योगफलको कीर्तिमान रचेको थियो । जुन खेलमा इंग्ल्यान्ड २ सय ४२ रनको फराकिलो अन्तरले विजयी भएको थियो । जुन प्रर्दशनले इंग्ल्यान्डको मनोबल उच्च छ । तर एक वर्षमा अष्टे«लियाको टोलीमा ब्यापक परिवर्तन आएको छ ।

पछिल्ला पाँच खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई हराउन सकेको छैन । हेट टु हेडमा भने अष्टेलिया धेरै अघि छ । यी दुईदेशबीच कुल १ सय ४७ वान डे खेल भएको छ । जसमा अष्टेलिया ८१ खेलमा विजयी हुँदा ६१ खेलमा पराजित भएको छ । पाँच खेलको नतिजा विहिन छ । विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा इंग्ल्यान्ड २ मा विजयी भएको छ, भने ५ खेलमा पराजित हुन पुगेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.