default_image

5 years ago

June 25, 2019

टस हारेर पहिला ब्याटिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर लडसमा सम्पन्न टसमा इंग्ल्यान्डले जितेर कप्तान इओेन मोर्गनले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले टोलीका कुनै परिवर्तन गरेको छैन । अष्ट्रेलियाले भने दुई खेलाडी परिवर्तन गरेको छ । एडम जम्पा र नाथन कुल्टर नाईलको […]

45 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

भर्खर लडसमा सम्पन्न टसमा इंग्ल्यान्डले जितेर कप्तान इओेन मोर्गनले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले टोलीका कुनै परिवर्तन गरेको छैन । अष्ट्रेलियाले भने दुई खेलाडी परिवर्तन गरेको छ । एडम जम्पा र नाथन कुल्टर नाईलको स्थानमा नाथन लायन र जोसन बेहरनडर्फलाई मौका दिएको छ ।

इंग्ल्यान्डको प्लेइङ ११ : जोनी बेयरस्टो,जेम्स भिन्स,जो रुट,इओन मोर्गन(कप्तान),बेन स्टोक्स,जस बटलर,मोइन अली,क्रिस वोक्स,आदिल राशिद,जोफ्रा आर्चर र मार्क उड ।

अष्टेलियाको प्लेइङ ११ : आरोन फिन्च(कप्तान),डेविड वार्नर,उस्मान खवाजा,स्टिभ स्मिथ,ग्लेन म्याक्सवेल,मार्कस स्टोइनिस,एलेक्स केरि,जोसन बेहरनडर्फ,प्याट कमिन्स,मिचेल स्टार्क,नाथन लायन ।

श्रीलंका र पाकिस्तानसँग स्तब्ध भएपछि घरेलु टोली इंग्ल्यान्ड केहि दबाबमा छ । सूरुवाती ६ खेलमा ४ मा जित र २ मा हारका साथ चौथो स्थानमा रहेको इंग्ल्यान्डलाई आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भए शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने यात्रा इंग्ल्यान्डको कठिन बन्ने छ । इंग्ल्यान्डले यस बाहेक भारत र न्युजिल्यान्डसँग खेल्ने बाँकी छ ।

शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना बलियोे बनाउन सबै खेल जित्नुपर्ने दबाब इंग्ल्यान्डमाथि छ । इंग्ल्यान्डले बाँकी तीनै खेल जिते शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने छ । अन्यथा बंगलादेश,श्रीलंका र पाकिस्तानको खेलको नतिजामा भरपर्नुपर्ने भन्दा अन्य विकल्प हुने छैन ।

यता पाँच पटकको विजेता अष्टेलिया ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक बटुल्दै दोस्रो स्थानमा छ । आजको खेलमा विजयी भए ६ खेलमा ५ मा जित निकाल्दै ११ अंकका साथ शीर्ष स्थानमा रहेको न्युजिल्यान्डलाईपछि पार्दै अष्टेलिया शीर्ष स्थानमा उक्लिने छ ।

यता वेस्ट इन्डिजसँगको खेलमा घाइते ओपनर जोसन रोय आजको खेलमा पनि इंग्ल्यान्डको टोलीमा उपलब्ध हुने छैनन् । रोयको स्थानमा आएका जेम्श भिन्सले श्रीलंका र अफगानिस्तानसँगको खेलमा ठूलो इनिङ खेल्न नसक्दा इंग्ल्यान्ड केहि समस्यामा छ ।

उपाधिका दुई दाबेदार इंग्ल्यान्ड र अष्टेलियाबीचको खेल रोचक र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जारी विश्वकपमा समान १५ विकेट लिएका जोफ्रा आर्चर र मिचेल स्टार्कलाई निकै महत्वपूर्णसाथ हेरिएको छ । इंग्ल्यान्डका लागि जो रुटले ६ खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ४ सय २४ रन बटुलल्दै उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।

रुटसँगै कप्तान इओन मोर्गन,वेन स्टोक्स,जस बटलर,जोनी बेयरस्टो,बेन स्टोक्स र तल्लोक्रममा मोइन अलीको प्रर्दशन इंग्ल्यान्डको लागि महत्वपूर्ण हुने छ । जोफ्रा आर्चर,मार्क उड,क्रिस वोक्स,आदिल राशिद र लियाम प्लन्केट इंग्ल्यान्डका मुख्य बलिङ हतियार हुन् ।

६ खेलमा समान २ मा शतक र अर्ध शतक जोड्दै ४ सय ४७ रनका साथ दोस्रो स्थानमा रहेका ओपनर डेविड वार्नरको प्रर्दशन अष्टेलियालाई निर्णायक सावित हुन सक्छ । वार्नरसँगै स्टिभ स्मिथ,उस्मान खवाजा,एलेक्स केरि,ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसको प्रर्दशन महत्वपूर्ण हुने छ । मिचेल स्टार्क,केन रिचड्सन,एडम जम्पा,प्याट कमिन्स र नाथन कुल्टर नाइल बलिङ हतियार हुन् ।

गतवर्ष इंग्ल्यान्डले अष्टेलियाविरुद्ध ४ सय ८१ रन बनाउँदै वान डे क्रिकेटकै उच्च योगफलको कीर्तिमान रचेको थियो । जुन खेलमा इंग्ल्यान्ड २ सय ४२ रनको फराकिलो अन्तरले विजयी भएको थियो । जुन प्रर्दशनले इंग्ल्यान्डको मनोबल उच्च छ । तर एक वर्षमा अष्टे«लियाको टोलीमा ब्यापक परिवर्तन आएको छ ।

पछिल्ला पाँच खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई हराउन सकेको छैन । हेट टु हेडमा भने अष्टेलिया धेरै अघि छ । यी दुईदेशबीच कुल १ सय ४७ वान डे खेल भएको छ । जसमा अष्टेलिया ८१ खेलमा विजयी हुँदा ६१ खेलमा पराजित भएको छ । पाँच खेलको नतिजा विहिन छ । विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा इंग्ल्यान्ड २ मा विजयी भएको छ, भने ५ खेलमा पराजित हुन पुगेको छ ।

March 29, 2024

धनगढी र सिइसीको लगातार दोस्रो जित

सुमन अधिकारी, बुटवल धनगढी क्रिकेट क्लब र पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) काठमाण्डौ रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा शुक्रबार विजयी भएका छन् । समुह बी मा रहेका यी दुवै टोलीले लगातार दुई खेलमा जित हात पारेका छन् । पहिलो खेलमा धनगढी क्रिकेट क्लबले सेन्टर क्रिकेट एकेडेमी कास्कीलाई ३ विकेटले […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

Success

Thank you for your time.