6 years ago
July 1, 2019
एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ ।

केहि समय अघि सम्पन्न टसमा वेस्टइन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि श्रीलंकाले ब्याटिङ गर्ने भएको हो । वेस्ट इन्डिजले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । केमर रोचको स्थानमा शैनन गेब्रियललाई मौका दिएको छ । श्रीलंकाले भने आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ ।
श्रीलंकाको प्लेइङ ११ : दिमुथ करुणारत्ने(कप्तान),कुशल परेरा,अविष्का फ्रनान्डो,कुशल मेन्डिस,एन्जिलो मेथ्युज,लहिरु थिरिमने,धनञ्जय डी शिल्भा,इसुरु उडना,जेफरी वान्डरसे,कसुन राजिथ र लाथिस मलिंगा
वेस्ट इन्डिजको प्लेइङ ११ : क्रिस गेल,सुनिल एम्ब्रिस,शाई होप,निकोलस पुरन,शिमरोन हिटमायर,जोसन होल्डर,कार्लोसवर्थवेट,फबिएन एलिन,शैनन गेब्रियल,शिल्डन कर्टेल र ओशन थोमस ।
वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैकारण वेस्टइन्डिज बिना दबाब मैदान उत्रँदै उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ । यता श्रीलंकाको पनि अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । झिनो अंक गणीतिय सम्भावना रहेको श्रीलंका आजको खेलमा पराजित भए आधिकारीक रुपमा प्रतियोगिताबाट बाहिरिने छ । श्रीलंका ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ । २ खेल वर्षाले रद्द भएको श्रीलंकाको ६ अंक छ ।
श्रीलंका मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन ठूलो चिन्ताको विषय हो । त्यस्तै वेस्ट इन्डिजको पनि ब्याटिङ कमजोर मानिएको छ । क्रिस गेल, शिमरोन हिटमायर र शाई होपजस्ता ब्याट्सम्यान चल्न नसक्नु ठूलो चिन्ताको विषय हो । लासिथ मलिंगा, कप्तान दिमुथ करुणारत्ने, कुशल परेरा श्रीलंकाका प्रमुख खेलाडी हुन् ।
विश्वकपमा श्रीलंका र वेस्ट इन्डिजबीच ८ खेल भएको छ । जसमा वेस्ट इन्डिज ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । १ खेलको नतिजाविहीन छ । यी दुई देशबीच कुल ५६ वान डे खेल भएको छ । वेस्ट इन्डिज २८ खेलमा विजयी हुँदा २५ खेलमा पराजित भएको छ । ३ खेल नतिजाबिहीन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]