6 years ago
July 2, 2019
एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज दुई एसियाली राष्ट्र भारत र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी बर्मिङघम मैदानमा सुरु हुनेछ ।

भारत आजको खेलमा विजयी भए सेमिफाईनलमा प्रवेश गर्ने छ । जारी विश्वकपमा भारत ७ खेलमा ५ मा जित र १ मा हारका साथ ११ अंक बटुल्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द हुँदा अंक बाँडेको थियो ।
चोटग्रस्त भारतले बंगलादेशलाई हराउन सहज भने हुने छैन । ओपनर शिखर धवन र विजय शंकर चोटका कारण विश्वकपबाट बाहिरि सकेका छन् । धवन बाहिरिँदा भारतले पछिल्ला तीन खेलमा ओपनिङ राम्रो गर्न सकेको छैन । चौथो नम्बरमा आजको खेलमा पनि भारतले ऋषभ पन्तलाई मैदान उतार्ने संभावना उच्च छ । त्यस्तै आजको खेलमा केदार जाधबको स्थानमा रविन्द्र जडेजालाई मैदान उतार्न सक्ने प्रबल सम्भावना छ । इंग्ल्यान्डसँगको खेलमा १३ बलमा १२ रनमात्रै बनाउन सकेको भन्दै केदारको चर्को आलोचना भई रहेको छ ।
यसै मैदानमा इंग्ल्यान्डसँगको खेलमा कुलदीप यादव र युजभेन्द्र चहलले खराब प्रर्दशन गरेका थिए । पिच स्पिनर उपयोगि नहुँदा यी दुई जोडीमध्य एकलाई बेन्चमा राख्दै तीब्र गतिका बलर भुवनेश्वर कुमारलाई मैदान उतार्न सक्ने सम्भावना पनि त्यतिकै छ । शीर्षक्रमका ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीको प्रर्दशनमा निर्भर भारतीय ब्याटिङ यी दुई सस्तैमा आउट भए ठूलो संकटमा पर्न सक्छ । इंग्ल्यान्डसँगको खेलमा ५ विकेट लिएका मोहम्मद सामी आजको खेलमा पनि घातक बन्न सक्छन् । जसप्रित बुमराह भारतका प्रमुख बलिङ हतियार हुन् ।
यता सेमिफाइनल पुग्ने अंकगणीतिय संभावना बाँकी रहेको बंगलादेश आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने छ । अंकगणितीय संभावना कायमै राख्न बंगलादेशलाई आजको खेल जित्नै पर्ने दबाब पनि छ ।
उत्कृष्ट लयमा रहेका अलराउण्डर सकीब अल हसनको प्रर्दशन बंगलादेशका लागि निकै महत्वपूर्ण हुने छ । सकीबले ६ खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ४ सय ७६ रन बनाउनुको साथै १० विकेट लिई सकेका छन् । ब्याटिङ उपयोगी पिचमा ओपनर तामिम इकवाल र विकेटकीपर मुश्फिकुर रहिमको प्रर्दशन पनि महत्वपूर्ण रहेने छ । मोहम्मद सैफुद्धीन र मुस्ताफिजुर रहमान उसका बलिङ हतियार हुन् । बंगलादश ७ खेलमा ३ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध हुँदा अंक बाडेंको थियो ।
सन् २००७ को विश्वकपमा बंगलादेशले भारतलाई ५ विकेटले पराजित गर्दै सनसनी मच्चाएको थियो । सन् २०११ र २०१५ को विश्वकपमा भने बंगलादेश भारतसँग पराजित भएको छ । बंगलादेश र भारतबीच कुल ३५ वान डे खेल भएको छ । जसमा भारत २९ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहिन छ । पछिल्लो समय गत सेप्टेम्बरमा भएको एसिया कप फाईनलमा भारतले बंगलादेशलाई अन्तिम बलमा ३ विकेटले पराजित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]