6 years ago
July 2, 2019
एजेन्सी – ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेसँगै आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले बंगलादेशलाई ३ सय १५ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनायो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३० ओभरको दोस्रो बलमा सौम्य सरकारले लिटन दासबाट क्याच आउट गराउनु अघि रोहितले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । रोहितको जारी विश्वकपमा यो चौथो शतक हो । त्यस्तै रोहितको वान डे करियरको भने यो २६ औं शतक हो ।
पहिलो विकेटका लागि ओपनर रोहित र लोकेश राहुलले १ सय ८० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलतर्फ लम्काएका थिए । ३३ ओभरको चौथो बलमा रुवेल हसनले मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि राहुलले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रनको योगदान दिए ।
त्यस्तै कप्तान विराट कोहलीले २७ बलमा ३ चौका सहित २६ रन जोडे । विराटलाई ३९ ओभरको दोस्रो बलमा मुस्ताफिजुर रहमानले रुवेल हसनबाट क्याच आउट गराए । ऋषभ पन्तले ४१ बलमा ६ चौका र १ छक्का सहित ४८ रनको योगदान दिए ।
हार्दिक पान्ड्या डक आउट भए । महेन्द्रसिंह धोनी ३३ बलमा ४ चौका सहित रनमा ३५ मा क्याच आउट भए । दिनेश कात्तिक ८ र भुवनेश्वर कुमार २, र मोहम्मद सामीले १ रनको योगदान दिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडन सहित ५९ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै सकीब अल हसन,सौम्य सरकार र रुबेल हसनको नाममा समान १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]