default_image

6 years ago

July 2, 2019

भारत विश्वकपको सेमिफाईनलमा प्रवेश !

118 views

0 Bookmark

एजेन्सी – भारत एकदिवसिय विश्कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राती बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाईनलमा प्रवेश गरेको हो । यो हारसँगै बंगलादेश भने प्रतियोगिताबाटै बाहिरिएको छ । ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा अल आउट हुँदै २ सय ८६ रनमा समेटियो ।

बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६६ रनको योगदान दिए । ३४ ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले दिनेश कात्तिकबाट क्याच आउट गराउनु अघि सकीबले ७४ बलमा ६ चौका प्रहार गरे । बंगलादेशले दशौं ओभरको तेस्रो बलमा तामिम इकवाललाई २२ रनमा गुमाएको थियो । उनलाई मोहम्मद सामीले बोल्ड आउट गरे । हार्दिक पान्ड्याले १६ ओभरको पहिलो बलमा अर्का ओपनर सौम्य सरकारलाई ३३ रनमा पेभिलिएन फर्काए ।

विराट कोहलीबाट क्याच आउट हुनुअघि सरकारले ३८ बलमा ४ चौका प्रहार गरे । बंगलादेशले निरन्तर विकेट गुमाउँदै गयो । युजभेन्द्र चहलले विकेटकीपर मुश्फिकुर रहिमलाई २४ रनमा सामीबाट क्याच आउट गराए । हार्दिक पान्ड्याले लिटन दासलाई २२ रनमा क्याच आउट गराएपछि बंगलादेशको जितको संभावना टाढिएको थियो । ३३ ओभरको दोस्रो बलमा जसप्रित बुमराहले मोसाद्धेक हसनलाई ३ रनमा बोल्ड आउट गर्दै भारतको दबदबा बायमै राखे ।

तल्लोक्रमका शब्बिर रहमान र मोहम्मद सैफुद्दीनले सातौ विकेटका लागि उत्कृष्ट ६६ रनको साझेदारी गर्दै पुन जितको संभावना देखाएका थिए । तर जसप्रित बुमराहले ४४ ओभरको पहिलो बलमा शब्बिरलाई ३६ रनमा बोल्ड आउट गरेपछि भारत खेलमा फर्किएको थियो । शब्बिरले ३६ बलमा ५ चौका प्रहार गरे ।
मोहम्मद सैफुद्दीन ३८ बलमा ९ चौका सहित ५१ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् ।

भारतका लागि जसप्रित बुमराहले १० ओभरमा १ मेडन सहित ५५ रन खर्चर ४ विकेट लिए । हार्दिक पान्ड्याले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । त्यस्तै मोहम्मद शामी,भुवनेश्वर कुमार र युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो भारतका लागि ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३० ओभरको दोस्रो बलमा सौम्य सरकारले लिटन दासबाट क्याच आउट गराउनु अघि रोहितले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । रोहितको जारी विश्वकपमा यो चौथो शतक हो । त्यस्तै रोहितको वान डे करियरको भने यो २६ औं शतक हो ।

पहिलो विकेटका लागि ओपनर रोहित र लोकेश राहुलले १ सय ८० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलतर्फ लम्काएका थिए । ३३ ओभरको चौथो बलमा रुवेल हसनले मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि राहुलले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रनको योगदान दिए ।

त्यस्तै कप्तान विराट कोहलीले २७ बलमा ३ चौका सहित २६ रन जोडे । विराटलाई ३९ ओभरको दोस्रो बलमा मुस्ताफिजुर रहमानले रुवेल हसनबाट क्याच आउट गराए । ऋषभ पन्तले ४१ बलमा ६ चौका र १ छक्का सहित ४८ रनको योगदान दिए ।

हार्दिक पान्ड्या डक आउट भए । महेन्द्रसिंह धोनी ३३ बलमा ४ चौका सहित रनमा ३५ मा क्याच आउट भए । दिनेश कात्तिक ८ र भुवनेश्वर कुमार २, र मोहम्मद सामीले १ रनको योगदान दिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडन सहित ५९ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै सकीब अल हसन,सौम्य सरकार र रुबेल हसनको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । भारतले अन्तिम खेल श्रीलंकासँग ६ जुलाईमा खेल्ने छ । बंगलादेश ८ खेलमा ३ मा जित र ४ मा हारका साथ सातौं स्थानमा छ । बंगलादेशले अन्तिम खेल पाकिस्तानसँग ५ जुलाईमा खेल्ने छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.