default_image

10 years ago

May 27, 2016

आइपिएलमा गुजरात र हैदराबादमा को जित्ला ?

179 views

0 Bookmark

नयाँ दिल्ली (एजेन्सी)- गुजरात लायन्स आफ्नो पहिलो इन्डियन प्रिमियर लिग (आइपिएल) सहभागितालाई लम्बाउन सपना बुनिरहेको छ । त्यो अभियाना पुरा गर्न गुजरातले आज हुने दोस्रो प्ले अफमा सनराइज हैदरबादको चुनौति पार गर्नुपर्ने छ । हैदराबाद त्यो टोली जो पहिलो पटक आइपएलको फाइनल खेल्न आतुर छ ।

लिग चरणमा गुजरातका खेलाडीलाई आउट गरेपछि खुसी मनाउँदै हैदराबादका खेलाडी ।

लिग चरणमा गुजरातका खेलाडीलाई आउट गरेपछि खुसी मनाउँदै हैदराबादका खेलाडी ।

गुजरात र हैदराबादको विजेताले आइतबार रोयल च्यालेजर्स बैंगलोरसँग फाइनल खेल्नेछ । गुजराजले शीर्षस्थानमा रहँदै लिग चरणको अन्य गरेको थियो । तर पहिलो प्ले अफमा बैंगलोरसँग ६ विकेटको हारपछि टोलीले अर्को एउटा चुनौति पार गर्नुपर्ने भयो ।
उता लिगमा चौथो स्थानमा रहेको हैदराबादले दुई पटकको च्याम्पियन रहि सकेको कोलकाता नाइट राइडर्सलाई २२ रनले हराएर फाइनल खेल्ने सम्भावनालाई जीवन राखेको थियो ।
सन् २०१३ को संस्करणबाट आइपिएल खेल्न थालेको हैदराबादलाई आजको दोस्रो प्ले अफ फाइन पुग्नका लागि राम्रो मौका हो । किनकी हैदराबादले लिग चरणका दुवै खेलमा गुजरातलाई हराएको थियो । त्यो जितले टोलीसँग आजको खेलका लागि उच्च मनोबल हुनसक्छ । हैदराबादका ओपनरद्धय उच्च फर्ममा छन् । लगभग सबै खेलमा राम्रो साझेदारी गर्दै आएका कप्तान समेत रहेका डेविड वार्नरले ६ सय ८६ र शिखर धवनले ४ सय ७३ रन बनाइसकेका छन् । जारी सिजनमा दुवै उच्च रन बटुल्ने शीर्ष दस खेलाडीको सुचिमा छन् ।
तथापी गुजराज लिग चरणमा शीर्षस्थानमा रहेकाले कुनै टोली भन्दा कमजोर छैन । टोलीसँग सुरेश रैनादेखि युवराज सिंह, अलराउन्डन मोसिस हेन्रिक्वेज तथा १६ विकेट लिइसकेका मुस्ताफैजु हमान, २१ भुवनेश्वर कुमार जस्ता स्तरीय बलर छन् । हैदराबाका प्रभावकारी बलर अशिष नेहरा चोटका कारण खेल्न सकिरहेका छैनन् । गुजरातका डवाने स्थिमले ३ सय २३, न्युजिल्यान्डका पूर्व कप्तान ब्रेनडन म्याकुलमले ३ सय २२, आरोन फिन्चले ३ सय ४३ र कप्तान रैनाले ३ सय ९८ रन बनाइसकेका छन् ।
हैदराबादका कप्तान वार्नरले गुजरातका महत्वपूर्ण खेलाडीका बारेमा राम्रो जानकारी भएकाले र उनीहरुसँग खेल्न सहज नभएको बताएका छन् । उनले भने, त्यसले हामीले बटिड् र बलिड दुवैमा राम्रो सुरुआत गर्न आवश्यक छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.