default_image

10 years ago

May 27, 2016

हैदराबाद आइपिएलको फाइनलमा, वार्नरको दमदार प्रदर्शन

190 views

0 Bookmark

नयाँ दिल्ली – कप्तान डेभिड वार्नरले उच्च प्रदर्शनलाई निरन्तरता दिएपछि शुक्रबार सनराजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । दोस्रो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै हैदराबाद उपाधि नजिक पुगेको हो । हैदराबादले आइतबार हुने फाइनलमा रोयल च्यालेन्सर्ज बैंगलोरको सामना गर्ने छ । लिग चरणमा शीर्षस्थानमा रहेको गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ।

 

सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर ब्याटिङ गर्दै ।

सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर ब्याटिङ गर्दै ।

कप्तान एवंम ओपन वार्नरले अविजित ९३ रन बनाएपछि १ सय ६३ रनको लक्ष्य हैदराबादले ४ बल अघिनै जित हासिल गरेको थियो । अविजित २७ रन बनाउँदै विपुल शर्माले वार्नरलाई साथ दिएका थिए । वार्नर र शर्माले सातौं विकेटका लागि ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यी दुई बाहेक मोसिस हेन्रिक्वेजले ११ र नमन ओझाले १० रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५८ बल खेल्दै म्यान अफ दी म्याच वार्नरले ११ चौका र ३ छक्का प्रहार गरेका थिए । शर्माले ११ बल खेले र ३ चौका प्रहार गरे । अर्का ओपनर शिखर धवन शून्य रनमा आउट भए भने युवराज सिंहले ८ रनमात्र जोडे । दीपक होड्डाले ४, बेन कटिङले ८ रन बनाए ।  गुजरातका शिवि कौशिक र ड्वान ब्राभोले समान २ तथा ड्वान स्मिथले १ विकेट लिए ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो प्ले अफमा सनराइजर्स हैदाराबादलाई १ सय ६३ रनको लक्ष्य पुरा गर्ला ? पाएको छ । पहिले ब्याटिङ गरेको गुजरात लायन्सले ७ विकेटको क्षेतिमा १ सय ६२ रन बनाएको छ ।
त्यसअघि हैदराबादले टस जितेर गुजरातलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो । आरोन फिन्चले अर्धशतक पुरा गरेपछि गुजरातले १ सय ६२ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । पाँचौं नम्बरमा ब्याटिङ अस्ट्रलियन फिन्चले ३२ बलमा ७ चौका र २ छक्कासहित ५० रन बनाएका थिए । उनी कटिङको बलमा आउट भएका थिए । टोलीका ओपनर पूर्व न्युजिल्यान्ड कप्तान ब्रेन्डन म्याकलमले २९ बलमा ५ चौका साथ ३२ रन बनाए । रन आउट भएका दिनेश कार्तिकले २६ रन जोडेका थिए भने ड्वान ब्राभोले २० रन जोडे । रविन्द्र जडेजा अविजित १९ रनमा अविजित रहे ।
हैदराबादका भुवेश्नवर कुमार र कटिङले समान २ तथा विपुल शर्मा र ट्रेन्ट बोल्टले समान १ विकेट लिए ।
लिग चरणमा शीर्षस्थानमा रहेको गुजराज पहिलो प्ले अफमा बैंगलोरसँग ६ विकेटको पराजित भएको थियो । त्यसपछि दोस्रो प्ले अफको मौका पाएका गुजरात आज हैदराबादसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरयो । लिगमा चौथो स्थानमा रहेको हैदराबादले दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सलाई २२ रनले हराएर दोस्रो प्ले अफका लागि छनोट भएको थियो ।

Bhuvneshwar Kumar of Sunrisers Hyderabad and Sunrisers Hyderabad captian David Warner celebrates the wicket of Eklavya Dwivedi of Gujarat Lions during match 59 The 2nd Qualifier of the Vivo IPL ( Indian Premier League ) 2016 between the Gujarat Lions and the Sunrisers Hyderabad held at The Feroz Shah Kotla Ground in Delhi, India, on the 27th May 2016 Photo by Deepak Malik / IPL/ SPORTZPICS

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.