default_image

5 years ago

July 21, 2019

उपकप्तान मल्ल टि-२० मा अलमल्ल

सिंगापुर (हाम्रो खेलकुद) – शीर्षक्रमको ब्याटिङ नेपाली क्रिकेटको दीर्घकालीन समस्या कै रुपमा रहँदै आएको छ । त्यसमा पनि पछिल्लो समय भरपर्दा मानिएका उपकप्तान ज्ञानेन्द्र मल्लको खराब प्रदर्शनले टोलीको ब्याटिङ समिकरण नै अनिर्णित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको अहिलेको मुख्य लक्ष्य आगमी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप खेल्नु हो । सन् २०१४ मा […]

32 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – शीर्षक्रमको ब्याटिङ नेपाली क्रिकेटको दीर्घकालीन समस्या कै रुपमा रहँदै आएको छ । त्यसमा पनि पछिल्लो समय भरपर्दा मानिएका उपकप्तान ज्ञानेन्द्र मल्लको खराब प्रदर्शनले टोलीको ब्याटिङ समिकरण नै अनिर्णित देखिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको अहिलेको मुख्य लक्ष्य आगमी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप खेल्नु हो । सन् २०१४ मा बंगलादेशसमा सम्पन्न टी ट्वान्टी विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै सनसनी मच्चाएको थियो । तर त्यो लयलाई लामो समय कायम राख्न सकेन । सन् २०१५ को ग्लोबल छनोटमा खराब प्रर्दशनसँगै २०१६ मा भारतमा भएको विश्वकप गुमाउन पुग्यो । त्यसैवर्ष देखी टी ट्वान्टी विश्वकप संरचना पनि चार वर्षमा पुग्यो । त्यहि खराब प्रर्दशनले नेपालको टी ट्वान्टी मान्यता पनि गुमेको थियो ।

सिंगापुरमा यसै साताबाट एसिया विश्वकप छनोट सुरु हुने छ । नेपाल एसिया छनोटमा शीर्ष स्थानमा रहे आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल क्वालिफायरको लागि छनोट हुने छ । ग्लोबलमा शीर्ष ६ भित्र पर्न सके नेपालले ६ वर्षको अन्तरालपछि पुन: विश्वकप खेल्नेछ । छनोटको तयारीस्वरुप नेपालले यसै साता मलेसियासँग दुई खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज २–० ले जित्दै इतिहास रच्यो । तर नेपालले आफ्नो स्तर अनुसारको प्रर्दशन गर्न भने सकेन ।

एसिया र ग्लोबल छनोट अघि शीर्षक्रमका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको खराब प्रर्दशनले भने नेपाललाई ठूलो चिन्ता थपेको छ । मलेसियासँगको दुबै खेलमा समान ७ रनमा आउट भएपछि मल्ल समर्थकबाट चर्को आलोचनाको शिकार बनेका छन् ।

पछिल्लो दुई वर्षमा नेपालले वान डे मान्यता हुँदै पहिलो पटक वान डे र टी ट्वान्टी सिरिज जित्ने जस्ता ठूला सफलता हात पार्दा मल्लबाट अपेक्षित प्रदर्शन भएन । बारम्बार खराब प्रर्दशनका बाबजुद पनि टोलीले उनीमाथि ठूलो विश्वास राख्दै निरन्तर मौका दिइरहेको छ । तर मल्लको प्रदर्शनमा सुधार भने आएको छैन । एकदिवसीयमा ओपनरको भूमिका निर्वाह गरेका मल्ल टि-२० मा भने तेस्रो नम्बरमा आउने गरेका छन् ।

सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा हङकङविरुद्ध डेब्यू गरेका मल्लले १७ टी ट्वान्टी आईमा १६ इनिङमा १२.६२ सौसतमा कुल २ सय २ रन मात्रै बनाएका छन् । उनले पछिल्लो १० टी ट्वान्टी आईमा कुल ७८ रन मात्रै जोडेका छन् ।

आउट भएपछि ज्ञानेन्द्र मल्ल

मल्लको टी ट्वान्टी आई करिअरको प्रर्दशन

सन् २०१४ मा हङकङविरुद्ध डेब्यू गरेका मल्लले १६ टी ट्वान्टी आईमा कुल २ सय २ रन जोडेका छन् । जसमा स्ट्राइक रेट ९३.९५ रहँदा औसत रन १२.६२ छ । यसक्रममा उनले २४ चौका र ३ छक्का सामेल छ । शीर्षक्रमका ब्याट्सम्यान मल्लको प्रर्दशनसँगै टी ट्वान्टी स्ट्राइक रेटमै प्रश्न उठ्ने गर्दछ ।

विश्वकपमा हङकङविरुद्ध ४८ रन जोडेका उनले बंगलादेशसँग १३ र अफगानिस्तानविरुद्ध २२ रन जोडे । सन् २०१५ मा हङकङसँगको पाँच टी ट्वान्टी सिरिजको चौथो खेलमा मल्ल ४ रनमै आउट भए । अन्य खेल वर्षाको कारण रद्द भएको थियो ।

सन् २०१५ मा नेदरल्यान्डसँगको चार टी ट्वान्टी सिरिजमा मल्लले क्रमश: २४, १२, १७ र १८ रन बटुले । सन् २०१५ मा भएको टी ट्वान्टी ग्लोबल छनोटमा मल्लले आयरल्यान्ड र पप्पुवा न्युगिनीसँग समान २-२ रन तथा हङकङसँग खाता नै खोल्न सकेनन् । त्यहि खराब प्रर्दशनका कारण नेपालको टि-२० आई मान्यता पनि गुमाएको थियो ।

ज्ञानेन्द्र मल्ल

गत माघमा युएईसँगको तीन टि-२० खेलको सिरिजमा नेपालले २–१ को ऐतिहासिक नतिजा हात पार्दा मल्लको प्रर्दशन पुन: निराशजनक रह्यो । मल्लले यूएईसँग पहिलो र दोस्रो दुवै खेलमा ७ रनमा आउट भए । तेस्रो खेलमा ११ रन जोडे । यसै साता सम्पन्न मलेसियासँगको दुबै खेलमा समान ७ रनमा आउट भएपछि मल्ल समर्थकबाट चर्को आलोचनाको शिकार बनि रहेका छन् । खराब प्रर्दशनका बाबजुद पनि मल्ललाई निरन्तर मौका दिएको भन्दै समर्थकले कप्तान र प्रशिक्षकमहती प्रश्न उठाउन थालेका छन् ।

घरेलु टि-२० लिगमा पनि खराब प्रर्दशन

नेपालमा आयोजना हुने तीन ठूला फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) को प्रर्दशनलाई आधार मानेर नेपालले खेलाडी छनोट गर्दै आएको छ । नेपाली क्रिकेट संघ (क्यान) नभएको अवस्थामा फ्रेन्चाइज लिगको प्रर्दशनको आधार मानेर छनोट गर्न बाहेक अन्य विकल्प पनि छैन । तर पछिल्लो एक वर्षमा यी तीनै फ्रेन्चाइज लिगमा मल्लको प्रर्दशन खराब छ ।

फ्रेन्चाइज लिगमा खराब प्रर्दशनका बाबजुद पनि मल्लमाथि टिमले उनको अनुभवमा ठूलो विश्वास राख्दै निरन्तर मौका दिइरहेको छ । घरेलु लिगमा खराब प्रर्दशनकै कारण यूएईसँगको पहिलो टी ट्वान्टी खेलमा विश्व कीर्तिमान अर्धशतक प्रहार गरेका युवा खेलाडी सन्दीप जोराले भने टोलीमा मौका पाएनन् ।

ज्ञानेन्द्र मल्ल

मल्लले गत पुसमा सम्पन्न ईपीएलमा ललितपुर प्याट्रियटर्सबाट कप्तानी गर्दै ७ खेलमा ५ इनिङमा ८७ रन बनाए । यसक्रममा उनको स्ट्राइक रेट १ सयको मात्रै रह्यो । विराटनगर वारियर्ससँग ४९ रन जोडेका उनले चितवन टाइगर्ससँगको खेलमा ३, भैरहवा ग्ल्याडियटर्ससँग ४, काठमाडौं किंग्स ११ सँगको खेलमा २१ र फाइनलमा भैरहवासँगको खेलमा १० रन बटुले ।

गत कार्तिकमा पोखरामा सम्पन्न पीपीएलमा काठमाडौं हुलास रोयल्सको कप्तानी गर्दै मल्लले ५ इनिङमा ११६.६६ को स्ट्राइक रेटमा कुल १ सय ३३ रन बनाए । जसमा १२ चौका र ३ छक्का सामेल थियो । मल्लले पीपीएलमा विराटनगर टाइटन्ससँग १७, चितवन टाइगर्ससँग ३०, बुटवल ब्लास्टरसँग २५ रनमा अविजित रहे । त्यस्तै पोखरा राइनोजसँग ३१ र चितवनसँग एलिमिनेटर खेलमा ३० रनमा आउट भए ।

गत फागुनमा सम्पन्न डीपीएलमा मल्लले काठमाडौं गोल्डेन्सको कप्तानी गर्दै ५ खेलमा ८२.७५ को स्ट्राइकमा कुल ७२ रन मात्रै जोडे । जसमा सर्वाधिक स्कोर ३२ रन रह्यो । मल्लले धनगढी स्टार्ससँग ३, महेन्द्रनगर युनाइटेडसँगको खेलमा १४, रुपन्देही च्यालेन्जर्ससँगको खेलमा १२, सिवाईसी अत्तरियासँगको खेलमा ३२ रन बनाए । त्यस्तै अत्तरियासँग एलिमिनेटर खेलमा ११ रनमा आउट भए । सम्रग घरेलु र अन्तर्राष्ट्रिय खेलको प्रर्दशन हेर्दा मल्ल टि-२० खेलमा असफल देखिन्छन् । सोझो अर्थमा अहिले सम्मको प्रर्दशनले उनी टि-२० लागि योग्य देखाउँदैन ।

लगातार खराब प्रर्दशन गरि रहँदा उनलाईनै टिममा निरन्तरता दिनु पक्कै नेपाली क्रिकेटका लागि हितकर हुँदैन । मल्ल नेपाली क्रिकेटका उत्कृष्ट खेलाडी मध्यका एक हुन्, तर उनले त्यसको लागि आफ्नो प्रर्दशन मार्फत प्रमाणित गर्न आवश्यक छ । उनको क्षमतामा कुनै प्रश्न छैन तर उनको पछिल्लो प्रर्दशनमाथि भने प्रश्न माथि प्रश्न छन् । लामो समय सम्म खराब प्रर्दशन गर्दा पनि टिममा परि रहँदा प्रश्न उठ्नु स्वभाविक पनि हो ।

मल्लको प्रर्दशन अनुसार अब उनलाई विश्राम दिन आवश्यक देखिन्छ । अर्थात टी ट्वान्टी खेलमा मल्लको विकल्प खोज्नै पर्ने भएको छ । टि-२० खेलमा एकै खेलाडी र एकै ओभरको प्रर्दशनले ठूलो प्रभाव पार्ने गर्दछ । विश्वकप खेल्ने सपना देखेको नेपालले ग्लोबल छनोट अघि उनको विकल्प खोजिएन र टोलीमा निरन्तरता दिए ठूलो घातक बन्न सक्छ ।

एसिया छनोटमा नेपालले कमजोर विपक्षीको सामना गर्दैछ । खराब प्रदर्शनबाट गुज्रिरहेका मल्ललाई आफ्नो लय समात्ने यो सुवर्ण अवसर हो । यस प्रतियोगितामा पनि पाएको अवसर सदुपयोग नगरे मल्लले आफूलाई एकदिवसीय क्रिकेटमा ध्यान दिँदै टि-२० बाट विश्राम लिनु उचित देखिन्छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.